विराटनगर

धर्म गुरु श्रीनिवास आचार्य माथि जिल्ला प्रहरी कार्यालय मोरङले हातहतियार तथा खरखजाना अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको छ । "/>

धर्म गुरु आचार्य माथि मुद्धा दर्ता

धर्म गुरु आचार्य माथि मुद्धा दर्ता

केन्द्रबिन्दु
0
Shares

विराटनगर

धर्म गुरु श्रीनिवास आचार्य माथि जिल्ला प्रहरी कार्यालय मोरङले हातहतियार तथा खरखजाना अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको छ । आफैंलाई गोली हान्न लगाएको आरोपमा पक्राउ परेका आचार्य माथि अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय मोरङबाट मंगलबार १० दिनको म्याद थप गरिएको प्रहरी उपरीक्षक अरुणकुमार विसीले जानकारी दिए ।

सोमबार प्रहरीले काठमाडौंमा पक्राउ गरी आचार्यलाई विराटनगर ल्याइएको हो । आचार्यलाई गोली हान्ने उनकै अंगरक्षक चितवन भरतपुर नगरपालिका बेलचौंकका माधव जोशी र नवलपरासी गैंडाकोटका लक्ष्मीराज अधिकारीलाई पक्राउ गरी कर्तव्य ज्यान अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको छ । विराटनगर–१४ को जतुवास्थित रामजानकी मन्दिरमा कथा वाचन गर्न आएका बेला गत चैत २५ गते गोली प्रहारबाट घाइते भएका आचार्यको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भएको थियो ।
रासस

Logo