काठमाडौँ

खानेपानी मन्त्री बिना मगरलाई भेटेर नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिट्जले आपसी सहकार्यका विषयमा छलफल गरेकी छिन् । "/>

खानेपानी पूर्वाधार निर्माणमा अमेरिकाले सहयोग गर्ने

खानेपानी पूर्वाधार निर्माणमा अमेरिकाले सहयोग गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

खानेपानी मन्त्री बिना मगरलाई भेटेर नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिट्जले आपसी सहकार्यका विषयमा छलफल गरेकी छिन् । खानेपानी मन्त्रालयमा गरिएको भेटवार्तामा मन्त्रालयका योजना र अमेरिकी सरकारले गर्न सक्ने सहयोगका विषयमा छलफल भएको थियो ।

छलफलमा मन्त्री मगरले जनतालाई स्वच्छ खानेपानीको सहज सुविधा पुर्याउन मन्त्रालयले योजना बनाइरहेको जानकारी गराइन । ‘७ वटै प्रादेशिक राजधानी तथा तराईमा ठूला ८ वटा खानेपानी आयोजना सञ्चालनका लागि अध्ययन भइरहेको छ,’ उनले भनिन, ‘खानेपानी मन्त्रालय जनताको चुलो र महिलासँग जोडिएकाले मन्त्रालयको नेतृत्वमा महिला नै पाउँदा जनताका अपेक्षा बढी छन् ।’ पहाडी र हिमाली क्षेत्रका लागि राष्ट्रिय प्राथमिकताका योजना सञ्चालनका लागि अध्ययन भइरहेको मन्त्री मगरले बताइन् ।

सरसफाइलाई राष्ट्रिय अभियानका रुपमा सञ्चालन गर्ने गरी योजना बनिरहेको जानकारी गराउँदै उनले भनिन्, ‘खुला दिसामुक्त जिल्ला घोषणा अभियान अन्तिम चरणमा पुगेको छ । आगामी असार भित्र शतप्रतिशत प्रगति हुन्छ।’ खुला दिसामुक्त घोषणा अभियानले सरसफाई सम्बन्धी बानी र चेतनामा परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेलेको उनले बताइन् ।
नागरिकबाट

Logo