काठमाडौं

सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले तेस्रो राष्ट्रिय पत्रकारिता दिवस– २०७५ का अवसरमा सम्पूर्ण प्रेसजगत, आमसञ्चारकर्मी तथा आमसञ्चार क्षेत्रमा क्रियाशील संघसंस्थामा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् । "/>

आज तेस्रो राष्ट्रिय पत्रकारिता दिवसः राज्यमन्त्री बाँस्कोटाद्वारा शुभकामना

आज तेस्रो राष्ट्रिय पत्रकारिता दिवसः राज्यमन्त्री बाँस्कोटाद्वारा शुभकामना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले तेस्रो राष्ट्रिय पत्रकारिता दिवस– २०७५ का अवसरमा सम्पूर्ण प्रेसजगत, आमसञ्चारकर्मी तथा आमसञ्चार क्षेत्रमा क्रियाशील संघसंस्थामा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् । आज दिएको एक सन्देशमा सञ्चार राज्यमन्त्री बाँस्कोटाले नेपालमा लोकतन्त्र र नागरिक अधिकारप्राप्तिको आन्दोलनमा प्रेस जगतले निर्वाह गरेको भूमिकाको उच्च प्रशंसा गरेका छन् ।

सन्देशमा उनले संविधानप्रदत्त प्रेस स्वतन्त्रता, विचार तथा अभिव्यक्तिको स्वतन्त्रता, सूचना तथा सञ्चारको हक लगायत सूचना र सञ्चार सम्बन्धी मौलिक हकको कार्यान्वयनमा वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

राज्यमन्त्री बाँस्कोटाले संविधानमा व्यवस्था गरिए अनुसार मुलुक तीनै तहको निर्वाचन सम्पन्न गरेर राजनीतिक स्थायित्वको बाटोमा अघि बढेको र संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख दिशामा मुलुकलाई अगाडि बढाउन देशले आर्थिक विकास र समृद्धि हाँसिल गर्नै पर्ने भएकाले यसमा आमसञ्चार र प्रेस जगतको सहकार्य महत्वपूर्ण रहेको उल्लेख गरेका छन् ।

उनले प्रेस जगतले सत्य र विश्वसनीय सूचना प्रवाहद्वारा राष्ट्रिय मुद्दामा सकारात्मक जनमत निर्माण गरी मुलुकको आर्थिक, राजनीतिक र सामाजिक रुपान्तरणमा योगदान गर्न सक्ने बताउँदै यस अवसरमा जिम्मेवार र मर्यादित पत्रकारितामार्फत मुलुक र जनताको हितमा सरकारलाई सही दिशामा अघि बढ्न निरन्तर सुझाव र सहयोग प्रदान गर्न प्रेस जगतलाई आह्वान पनि गरेका छन् ।
रासस

Skip This
Skip This
Logo