काठमाडौं
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बैशाख २८ गते देखि दुई दिने नेपाल भ्रमण गर्दै छन् । यस विचमा उनी राजधानी काठमाडौंमा बास नबस्ने र २८ गते राती पोखरामा बस्ने बुझिएको छ । उच्च स्रोत भन्छ, ‘उनले २८ गतेको रात बिताउन बन्दोबस्त गरिएको होटल हायातको बुकिङ रद्ध गरिएको छ ।’
सुरक्षाको कारण देखाउँदै मोदीको काठमाडौं बास बस्ने कार्यक्रम नै रद्ध गर्न लागिएको हो । परराष्ट्र स्रोत भन्छ, ‘अर्को निर्णय भएन भने मोदीले काठमाडौंमा रात बिताउने छैनन ।’
प्राप्त समाचार अनुसार राजनीतिक प्रकृतिका कार्यक्रमहरुमा मोदी सरिक हुने कि नहुने भन्ने सम्बन्धमा समेत पुनःविचार भइरहेको छ । बताइए अनुसार उनको भ्रमण जनकपुरबाट सुरु हुनेछ । सोहि दिन उनी मुक्तिनाथको दर्शन गर्न जाने र राती पोखरामा बिताउने निर्णय भएको छ । यता मोदी आउने दिन प्रदेश २ मा सार्वजनिक विदा दिने निर्णय भइसकेको छ ।





























प्रतिक्रिया