बर्दियामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । धनगढीबाट नेपालगञ्ज आइरहेकोको ग्लोबल आईएमई बैंकको बा १७ च १२१७ नम्बर जिप शुक्रबार बेलुका बारबर्दिया नगरपालिका–९ औरीमा दुर्घटनामा परेको थियो ।
दुर्घटनामा बैंकका शाखा प्रमुख रामबहादुर हमाल र कर्मचारी ३२ वर्षीय भुवन पन्तको मृत्यु भएको हो। उनीहरुको उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।
दुर्घटना ६ जना घाइते भएका छन् । घाइतेहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।





























प्रतिक्रिया