काठमाडौँ
संघीय समाजवादी फोरमले प्रथम महाधिवेशन आगामी २७ माघ देखि २९ सम्म जनकपुरमा गर्ने निर्णय गरेको छ । फोरमको छैटौँ केन्द्रीय समितिको बैठकले शुक्रबार पार्टीको सांगठनिक प्रतिवेदन पारित गर्दै यस्तो निर्णय गरेको हो । १९ वैशाखबाट सुरु भएको फोरमको केन्द्रीय समिति बैठकले राजनीतिक प्रतिवेदन भने पास गरिसकेको छ । राजनीतिक प्रतिवेदनमा सरकारमा सहभागिताको विषयलाई समेटिएको छ ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया