काठमाडौँ
शिक्षा क्षेत्रका लागि छुट्याएको बजेट कम भएको आवाज उठिरहेको बेला उच्च शिक्षाको गुणस्तरका लागि छुटयाएको बजेट नै खर्च नभएको पाइएको छ ।
विश्वविद्यालय अनुदान आयोग लगायत ५ वटा विश्वविद्यालयलाई दिइएको अनुदान मध्ये ४ अर्ब रुपैयाँ भन्दा बढी खर्च नभएको पाइएको हो । अघिल्लो आर्थिक वर्ष ११ शैक्षिक संस्थामा सञ्चालन भएका विभिन्न शैक्षिक कार्यक्रमका लागि १४ अर्ब ८० करोड ८१ लाख रुपैयाँ बराबर अनुदान निकासा भएकोमा ४ अर्ब ३८ करोड ९९ लाख रुपैयाँ खर्च नभएको देखिन्छ । यसरी हेर्दा अनुदान दिए मध्ये लगभग ३० प्रतिशत अनुदान खर्च गर्न सकेको छैन ।
त्रिभुवन विश्वविद्यालयसहित अन्य ५ वटा विश्वविद्यालयले बजेट अभावमा गुणस्तर लगायत शैक्षिक क्यालेन्डर व्यवस्थापन गर्न नसकिएको जनाउँदै आएका छन् । यसमध्ये उच्च शिक्षा सुधार परियोजना अन्तर्गत नतिजामा आधारित ७ वटा गुणस्तर कार्यक्रम समेत सञ्चालनमा छन् । यो परियोजना अन्तर्गत कतिपय कार्यक्रम नतिजाका आधारमा ऋण सहयोग सम्झौताका कार्यक्रम रहेका छन् ।
कारोबारबाट





























प्रतिक्रिया