काठमाडौँ
छोटो समयमा राजनीतिक स्वार्थ र आर्थिक चलखेलका आधारमा आयोजना प्रमुख परिवर्तन गर्दा राष्ट्रिय गौरवका आयोजनाहरूको निर्माण सुस्त भएको छ । १० वर्षमा सम्पन्न हुनु पर्ने आयोजनाहरू १५ वर्षमा पनि हुन नसक्नुमा आयोजना प्रमुख फेरबदल मुख्य कारक मानिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाको काम तीव्र गतिमा सम्पन्न गर्ने प्रतिबद्धता जनाए पनि मन्त्रीहरूले उनको भावनाविपरीत ६ महिनामै प्रमुख परिवर्तन गरेका छन् ।
जसका कारण काममा असर पर्न थालेको छ । प्रधानमन्त्रीको चाहना प्रतिबद्धता विपरीत ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले राष्ट्रिय गौरवका आयोजनामा ६ महिना नपुगी प्रमुख फेरबदल गरेका छन् । मन्त्री पुनले सहसचिव प्रमुख हुने राष्ट्रिय गौरवका आयोजनाहरूमा उपसचिवहरूलाई कामु प्रमुखका रूपमा खटाएका छन् । ६ महिना अघि सिक्टा सिंचाईको प्रमुखमा सरुवा भएका सहसचिव महेश्वरनरसिंह केसीलाई जलस्रोत मन्त्रालयमा तानेर मन्त्री पुनले उपसचिव रमेशकुमार बस्नेतलाई पठाएका छन् ।
सुनसरी–मोरङ आयोजनाको प्रमुखमा सहसचिव हरेराम श्रेष्ठलाई सरुवा गरेका छन् । मन्त्रालयका सहसचिव सागर राईलाई जलस्रोत अध्ययन अनुसन्धान केन्द्रमा थन्क्याएको छ । उपसचिव रमेशकुमार बस्नेत ६ महिना अघि सिक्टाबाटै सुनसरी–मोरङ सिंचाई आयोजनामा सरुवा भएका थिए । २०७५ वैशाख ४ मा मन्त्री पुनले बस्नेतलाई सिक्टामा सरुवा गरेका हुन् ।
सिंचाईमा उपसचिव बस्नेत अति बदनाम मानिन्छन् । उनी रानीजमरा कुलरिया सिंचाई आयोजनाको प्रमुख हुँदा आयोजनाको प्रमुखका रूपमा १ अर्ब ७० करोड रूपैयाँ भन्दा बढीको ठेक्का मिलेमतोमा पूर्वमन्त्री विक्रम पाण्डेको कालिका कन्स्ट्रक्सन कम्पनीलाई दिएका थिए । कालिकालाई मिलेमतोमा ठेक्का दिएर करोडौँ भ्रष्टाचार गरेका उपसचिव रमेशकुमार बस्नेतलाई कारवाही गर्नु पर्नेमा पुरस्कृत गर्दै अर्को राष्ट्रिय गौरवको आयोजना सिक्टाको प्रमुखमा सरुवा गरिएको थियो ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया