सर्पले टोकेको उपचार गोबरले पुरेर गर्दा मृत्यु

सर्पले टोकेको उपचार गोबरले पुरेर गर्दा मृत्यु

केन्द्रबिन्दु
0
Shares

सर्पले टोकेको घाईतेलाई उपचार गर्ने निहुँमा गोबरले पुरेर राख्दा श्वासप्रश्वास अवरुद्ध भएर घाईतेको मृत्यु भएको छ ।

भारतको उत्तर प्रदेशको बुलन्द शहरमा भएको घटना अनुसार खाना पाकाउने दाउरा लिन जाने क्रममा ३५ बर्षिया देबेन्द्रिलाई सर्पले हातमा डसेको थियो । सर्पले डसेपछि देबेन्द्रिले उक्त घटना आफ्ना श्रीमान् मुकेशलाई बताईन् । दुबैको सल्लाह अनुसार स्थानिय सपेरा मुरारेलाई बोलाएर उपचार गर्ने निर्णयमा पुगे । मुरारेले गोबरले उनलाई पुरेर राखेमा उनको शरीरमा फैलिएको बिष निस्कने बताए ।

मुरारेले छेवैमा बसेर मन्त्र उच्चारण गर्न थाले भने उनको सल्लाह अनुसार श्रीमान् मुकेशले आफ्नो श्रीमतीलाई गोबरको लेप बनाउदैं पुर्न थाले । यो क्रम ७५ मिनेट सम्म चलेपछि देबेन्द्रि नउठेपछि हेर्दा उनको मृत्यु भैसकेको थियो ।

मुकेशका अनुसार उनीहरुले घरमै केही प्रकृतिक ढंगले उपचारको प्रयास गरेका थिए । तर सपेराले गोबरले उनलाई पुरेमा उपचार सम्भव हुने बताएपछि आफुहरुले पनि उनकै सल्लाह अनुसार काम गरेको बताए । अहिले सपेराले उनलाई गोमन सर्पले डसेको कारण मृत्यु भएको बताईरहेका छन् भने मुकेशको काँघमा ५ सन्तानलाई हुर्काउने जिम्मेवारी आएको छ ।

Logo