बनेपा

कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले राष्ट्रमा ठूलाठूला धनराशि भ्रष्टाचार गर्ने र अन्याय गर्नेलाई कानून अनुसारको दण्ड दिइने बताएका छन् । "/>

काभ्रेमा धार्मिक पर्यटनको विकास गर्न मन्त्री तामाङको जोड

काभ्रेमा धार्मिक पर्यटनको विकास गर्न मन्त्री तामाङको जोड

केन्द्रबिन्दु
0
Shares

बनेपा

कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले राष्ट्रमा ठूलाठूला धनराशि भ्रष्टाचार गर्ने र अन्याय गर्नेलाई कानून अनुसारको दण्ड दिइने बताएका छन् ।

नमोबुद्ध नगरपालिका–११ नमोबुद्धस्थित नमोबुद्ध भगवान घ्याङ गुठी व्यवस्थापन समितिले आयोजना गरेको २५६२ औँ बुद्धजयन्तीका अवसरमा मन्त्री तामाङले भने, “भ्रष्टाचार गर्ने र अन्याय गर्ने मान्छेलाई कानून अनुसारको दण्ड पाउनु पर्नेमा उन्मुक्ति पाउने र पीडित पक्ष झन् पीडित हुने अवस्था हामीले विगत देखि भोग्दै आयौँ, अब वर्तमान सरकारले सबै चिजबाट मुक्त गरेर नेपाली समाजका शोषित, पीडित, गरिब जनतालाई सम्मान गर्नेछ ।”

यसै क्रममा मन्त्री तामाङले काभ्रे जिल्लालाई धार्मिक पर्यटनका रुपमा विकास गर्नु पर्नेमा जोड दिँदै अत्यन्तै उर्वर र प्राकृतिक स्रोतले समृद्ध जिल्लालाई प्रदेशको राजधानीका रुपमा विकास गर्ने विषयमा छलफल भइरहेको बताए । कार्यक्रममा प्रदेशसभा सदस्य चन्द्र लामाले नमोबुद्धमा आउने पर्यटकका लागि होटल, पार्किङ र अन्य सुविधायुक्त स्थान बनाउन र नमोबुद्धलाई विशेषगरी विश्व सम्पदा सूचीमा पार्नका निम्ति भूमिका खेल्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा नमोबुद्ध गुम्बा परिसरमा हेलिकप्टरबाट पुष्पवृष्टि समेत गरिएको थियो । सो क्रममा महात्मा राजकुमारको अस्तु रहेको नमोबुद्ध गुम्बा परिसरमा लामा गुरुबाट पूजापाठ गर्नाका साथै भक्तजनले पूजा गरेका छन् । नमोबुद्धमा अनादिकाल अघि पुण्यसम्भार आर्जनका क्रममा बुद्धले भोकले व्याकुल भएकी बघिनी प्रति महाकरुणाले ओतप्रोत भई आफ्नो शरीर नै दान दिएको किंवदन्ती छ । सोही कथन अनुसार नै यहाँ विभिन्न देशबाट र देशभरिका विभिन्न स्थानबाट समेत दर्शन गर्न र मेला भर्न आउने गरेका छन् ।
रासस

Logo