काठमाडौँ

सशस्त्र द्वन्द्वमा मारिएका, विस्थापित र बेपत्ताका परिवारले यस वर्ष सरकारबाट कुनै पनि राहत र क्षतिपूर्ति पाएका छैनन् । "/>

बेपत्ताका परिवारले यसवर्ष पनि क्षतिपूर्ति पाएनन्

बेपत्ताका परिवारले यसवर्ष पनि क्षतिपूर्ति पाएनन्

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

सशस्त्र द्वन्द्वमा मारिएका, विस्थापित र बेपत्ताका परिवारले यस वर्ष सरकारबाट कुनै पनि राहत र क्षतिपूर्ति पाएका छैनन् । राहत तथा पुनःस्थापना एकाइका प्रमुख प्रकाश आचार्यले आव २०७४,०७५ मा त्यस्ता कुनै पनि परिवारलाई राहत वा क्षतिपूर्ति वितरण गर्न नसकिएको जानकारी दिए ।

सरकारले राहत र क्षतिपूर्तिका लागि आवश्यक रकम उपलब्ध नगराउँदा क्षतिपूर्ति तथा राहत रकम वितरण गर्न नसकिएको हो । एकाइ प्रमुख आचार्यका अनुसार रकम माग गरिए पनि अर्थ मन्त्रालयले स्रोत नभएको जनाउँदै नदिएपछि केन्द्रले रकम वितरण गर्न नसकेको हो । राहत र क्षतिपूर्ति वापत सरकारले आव २०७३ ÷०७४ मा ९ अर्ब रुपैयाँ उपलब्ध गराएको थियो ।

‘बजेट निकासा ढिलो भयो । त्यस लगत्तै निर्वाचन आचारसंहिता लागू भयो, उनले भने, ‘चुनावपछि राहत तथा क्षतिपूर्ति वितरण सुरु भए पनि स्थानीय स्तरमा राजनीतिक दलले समेत बेवास्ता गर्दा वितरण हुनुपर्ने रकम समेत फ्रिज हुन पुगेको हो । उनका अनुसार गत वर्ष पनि सरकारले राहत र क्षतिपूर्तिका लागि विनियोजन गरेको १ अर्ब ६५ करोड रुपैयाँ फ्रिज भएको थियो । ०७४ असारसम्म मारिएका र बेपत्ता भएकाका तथा विस्थापित परिवारलाई क्षतिपूर्ति र राहतमा ६ अर्ब रुपैयाँ वितरण भएको थियो ।

‘पीडित परिवार यस वर्ष पनि राहत र क्षतिपूर्ति पाउने आसमा जिल्ला प्रशासन कार्यालय धाइरहेका छन् , प्रमुख आचार्यले थपे, ‘तर सरकारले रकम दिन्छ नै भन्न सक्ने अवस्था छैन । प्रमुख जिल्ला अधिकारीहरूले दिनहुँ रकम आए नआएको सोधपुछ गरिरहेको उनले सुनाए । द्वन्द्वका बेला मारिएका र बेपत्ता भएकाका परिवारलाई ०७३ चैतमा मन्त्रिपरिषद्ले १० लाख रूपैयाँ दिने निर्णय गरेको थियो ।
अन्नपूर्णबाट

Logo