चितवन

नेपाल सरकारले चीन सरकारलाई उपहार दिन लागेका दुई जोडी गैंडा मध्ये एउटा भाले गैंडालाई शनिबार नियन्त्रणमा लिइएको छ । "/>

चीन पठाउने गैंडा नियन्त्रणमा लिइयो

चीन पठाउने गैंडा नियन्त्रणमा लिइयो

केन्द्रबिन्दु
0
Shares

चितवन

नेपाल सरकारले चीन सरकारलाई उपहार दिन लागेका दुई जोडी गैंडा मध्ये एउटा भाले गैंडालाई शनिबार नियन्त्रणमा लिइएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार दुई दिनभरको प्रयासपछि शनिबार साँझ निकुञ्जको पश्चिम सेक्टर अन्तर्गत खोरिया मुहान र देवीताल नजिकबाट उक्त गैंडा नियन्त्रणमा लिइएको हो ।

शुरुमा पोथी गैंडा नियन्त्रणमा लिने योजना भएपनि अनुकूल नभएपछि भाले गैंडा नियन्त्रणमा लिइएको उनले बताए । करिब दुई वर्षको गैंडा बेहोस बनाएर नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएको गैंडालाई निकुञ्जको बाटो हुँदै गाडीमा राखेर सौराहा लगिएको छ । सौराहामा रहेको पिट बुमा (खोर) मा गैंडालाई राखिनेछ । केही दिन खोर भित्रको खाडलमा राखेर गैंडाले खाना खान सहज भएपछि बुमामा छाडिने छ । करिब तीन महिना बुमामा राखेपछि गैंडा चीन पठाइनेछ ।

वैशाख ७ गते देखि निकुञ्जको प्राविधिक टोलीले गैंडाको वासस्थान र उपयुक्त ठाउँको खोजी गर्दै आएको थियो । शुक्रबार देखि नियन्त्रणमा लिने प्रयास गरिएको हो । गैंडा नियन्त्रण र आनीबानी लगायतका कुरा बुझ्न चिनियाँ प्रतिनिधि पनि यसअघि नै आइसकेका छन् । वि.सं. २०७३ साल असारमा प्रधानमन्त्री हुँदा केपी ओलीले चीन सरकारलाई दुई जोडी गैंडा उपहार दिने निर्णय गरेका थिए ।
रासस

Logo