बनेपा

कुशादेवी क्षेत्र सरोकार विकास समाजले शनिबारदेखि शुरु गरेको तीन दिने ‘विहाबर क्षेत्र पर्यटन महोत्सव–२०७५’ आजदेखि शुरु भएको छ । "/>

काभ्रेको पनौतीमा आज देखि विहावर महोत्सव शुरु

काभ्रेको पनौतीमा आज देखि विहावर महोत्सव शुरु

केन्द्रबिन्दु
0
Shares

बनेपा

कुशादेवी क्षेत्र सरोकार विकास समाजले शनिबारदेखि शुरु गरेको तीन दिने ‘विहाबर क्षेत्र पर्यटन महोत्सव–२०७५’ आजदेखि शुरु भएको छ । आज काभ्रेको पनौती नगरपालिका–२ गुर्दुमडाँडामा कार्यक्रम गरी संघीय सांसद गंगाबहादुर तामाङले पाइलटहरूलाई खादा लगाएर स्वागत गर्दै महोत्सवलाई प्याराग्लाइडिङ उडानबाट उद्घाटन गरेका हुन् । तामाङले प्याराग्लाइडिङ पाइलट पेम्बा शेर्पा र मदन राई लगायतलाई स्वागत गरेका थिए । सो अवसरमा सांसद तामाङले कुशादेवीको पर्यटन विकासको लागि गुर्दुमडाँडा उपयुक्त भएकाले त्यसको विकास गर्नका लागि सबै लाग्नुपर्ने बताए ।

जिल्ला समन्वय समिति काभ्रेका अध्यक्ष उद्धव केसीले गुर्दुमडाँडा आन्तरिक पर्यटकहरूका लागि उपयुक्त ठाउँ भएकाले नगरको मात्रै नभई सिङ्गो जिल्लाको नै शान भएको बताए ।

कार्यक्रममा पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेले गुर्दुमडाँडा व्यावसायिक प्याराग्लाइडिङ उडानको उपयुक्त ठाउँ भएको बताए । “अहिले महोत्सव अवधिभर परीक्षण उडानका लागि मात्रै अनुमति लिएका छौं, त्यसपछि व्यावसायिक उडान गर्न संस्था दर्ता भएपछि यो अगाडि बढ्छ” प्रमुख न्यौपानेले भने । दूई हजार सातसय मिटरको उचाइमा रहेको उक्त डाँडाबाट हिमालका दृश्यहरू समेत अवलोकन गर्न सकिन्छ । सो क्षेत्र महाभारत श्रृंखलामा पर्ने भएकाले २८० प्रजातिका चराचुरुङ्गी, वन्यजन्तुहरूको वासस्थान रहेकाले पर्यटन क्षेत्रको विकासका लागि थप आकर्षणको केन्द्र बन्ने आधार रहेका छन् ।

महोत्सवको उद्घाटनमा झाँक्री नाच, लामा नाच, लगायतका स्थानीय बाजागाजा सहित कुशादेवी बजार देखि गुर्दुमडाँडासम्म पैदल यात्रा गरिएको थियो । महोत्सवमा स्थानीय सामग्रीहरू, कृषि उत्पादन, स्थानीय जडिबुटी, घरेलु उत्पादनका स्टलहरू राखिएका छन् । आयोजकका अनुसार एक लाख भन्दा बढीले महोत्सवको अवलोकन गर्नेछन् ।
रासस

Logo