मायाज ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरको शुभारम्भ

मायाज ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरको शुभारम्भ

केन्द्रबिन्दु
0
Shares

नेपाली चलचित्रकी अभिनेत्री संचिता लुईटेलले मायाज ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरको नयाँ शाखा शुभारम्भ गरेकी छिन् ।

बिगत १ दशक देखी सौन्दर्य व्यवसाय गर्दै आएकी गीता गिरिले संचालनमा ल्याएकी उक्त पार्लर नयाँ वानेश्वरमा रहेको छ । भक्तपुर सूर्यविनायकमा मुख्य पार्लर रहेको मायाज ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरको यो शाखा संचलनमा ल्याएको लगत्तै कलंकीमा अर्को शाखा संचालनमा ल्याउने गिरीले बताइन् ।

पार्लरले बिशेष गरी महिलाहरुको लागि सौन्दर्य सुविधा उपलब्ध गराउनेछ र निकट भविष्यमै पुरुषहरुका लागि पनि सेवा उपलब्ध गराउने उदेश्य लिएको संचालिका गिरीले बताइन् । उद्घाटन कार्यक्रममा बोल्दै अभिनेत्री संचिता लुईटेलले पार्लरको सफलताका लागि शुभकामना दिइन् । पार्लरले अभिनेत्री लुईटेलका लागि १ वर्षका लागि सम्पूर्ण सौन्दर्य सुबिधा निशुल्क गर्ने बताएको छ । साथै पार्लरमा आउने कलाकारका लागि पनि बिशेष छुटको ब्यवस्था गरेको जनाएको छ । उद्घाटनको अवसरमा बैशाख महिना भरी पार्लरले सम्पूर्ण सेवा सुबिधामा ५० प्रतिशत छुटको ब्यवस्था समेत गरेको छ ।

Logo