नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा विवाद चर्किएको छ । संगठनमा रिक्त भएको सदस्य, संयोजक तथा सहसंयाजकमा संस्थापन पक्षले एकलौटी मनोनित गरेकाले विवाद चर्चिएको हो ।
संगठनका अध्यक्ष रञ्जित तामाङ्गले बैठकबाट एकलौटी निर्णय गरेसँगै दुई पक्ष विवादमा उत्रिएको हो । अध्यक्षको निर्यणको विरुद्धमा विवाद सडकमा आइपुगेको छ ।
गतवर्षको अन्त्यतिर सम्पन्न राष्ट्रिय सम्मेलनका विद्यार्थी नेता तथा कार्यकर्ताको विवाद अहिले पनि सेलाउन सकेको छैन । पछिल्लो समयमा अध्यक्ष तामाङ्गले गरेको एकलौटी निर्णयले विवाद बल्झिएको एक विद्यार्थी नेताले बताए ।
संगठनको विवादमा बाम गठबन्धबाट काठमाडौँ क्षेत्र न १ मा प्रतिनिधी चुनावमा होमिएका माओवादी नेता अनिल शर्माले समेत अध्यक्ष प्यानलको विरोध जनाएका छन् ।
विवादका बारेमा महासचिव उम्मेद्वार विष्णु भट्टराई भन्छन्, ‘कसैले धाप मारेर प्राप्त गरेको हैसियत सत्ता र शक्तिको उन्माद मात्रै हो । निरकुशं, फासीवाद लाद्न खोजेको हो, भने त्यसको जवाफ सोही ढङ्गले दिन तयार छौँ ।’
यसैगरी राष्ट्रिय सम्मेलनका सचिवका उम्मेद्वार जस्मिन रेग्मीले फेसबुक वालमा लेन्छन्, ‘सिन्डिकेटवालाहरुको नियमले आफूलाई चुनावमा भोट हालेका वा आफ्नो चाकडी गरेकाहरुलाई छानिछानी नयाँ जिम्मेवारी प्रदान गरेछन् ।’ उनी थप्छन्, ‘सिन्डिकेटवालाहरुको औकात एकता पनि हेर्न मन छ ।’ यसबीच नेपालमा व्यापारिक केन्द्रको सिन्डिकेट तोडिए पनि राजनीतिक पक्षको आएको एक विद्यार्थी नेताले बताए । उनले भने, ‘अब अखिल क्रान्तकारी होइन, अखिल क्रान्तिकारी प्रा.ली भन्ने बेला आएको छ ।
संगठन अध्यक्ष तामाङ्गको विरोधमा उपाध्यक्ष पञ्चा सिंह, महासचिव उत्तम अधिकारी, उपमहासचिव मिलन एमसीलगायतका नेता उत्रिएका छन् । विद्यार्थी संगठनको विवादका बारेमा मौन भएको पार्टीका नेताले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । यता विद्यार्थी नेताहरुको प्रतिष्ठाको लडाई चलिरहेको छ ।





























प्रतिक्रिया