चैत्रमा मात्रै ११ हजार जना गए मलेसिया

चैत्रमा मात्रै ११ हजार जना गए मलेसिया

केन्द्रबिन्दु
0
Shares

दैनिक करीब एक हजार कामदार वैदेशिक रोजगारका लागि जाने गरेका छन् । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको चैतसम्मको तथ्यांकअनुसार विदेशमा रोजगारीका लागि २०७४ चैतसम्म पुरुष एक लाख ३४ हजार ७७२ र महिला पाँच हजार ३७८ गरी जम्मा एक लाख ४० हजार १०० ले पूर्वस्वीकृति लिएकामा पुरुष ३० हजार ११४ र महिला एक हजार ७०४ जना वैदेशिक रोजगारका लागि गएका छन् । 

त्यस्तै रोजगार अनुमति प्रणाली(इपिएस) परीक्षा उत्तीर्ण गरी पुरुष ७१५ र महिला ५९ जना दक्षिण कोरिया गएका छन् । चैतमा पनि सबैभन्दा धेरै ११ हजार ४०३ जना मलेसियामा वैदेशिक रोजगारीका लागि गएका छन् । त्यस्तै कम जाने मुलुकमा जापान छ । त्यहाँ चार मात्र वैदेशिक रोजगारीका लागि गएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

Logo