काठमाडौं

सरकारले देशमा कार्यरत नेपाली वैज्ञानिकको तथ्यांक संकलन सुरु गरेको छ । देशमा कति वैज्ञानिक छन् सरकारसँग कुनै तथ्यांक छैन । "/>

देशभरका वैज्ञानिकको तथ्यांक संकलन सुरु

देशभरका वैज्ञानिकको तथ्यांक संकलन सुरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

सरकारले देशमा कार्यरत नेपाली वैज्ञानिकको तथ्यांक संकलन सुरु गरेको छ । देशमा कति वैज्ञानिक छन् सरकारसँग कुनै तथ्यांक छैन । सन् २०१० यता सरकारले वैज्ञानिकको तथ्यांक संकलन गरेको छैन । सरकारी तथ्यांक अनुसार त्यसबेला देशमा लगभग ४० हजार वैज्ञानिक थिए । ८ वर्षपछि सरकारले अहिले नेपाली वैज्ञानिकको तथ्यांक संलकन थालेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता सुरेन्द्र सुवेदीले जेठ १५ भित्र तथ्यांक संकलन सक्ने गरी काम भइरहेको जानकारी दिए । उनले करिब १० वर्षमा वैज्ञानिकको संख्या दोब्बर हुने दाबी गरे । उनका अनुसार सरकारले देश भित्र कार्यरत वैज्ञानिकको तथ्यांक मात्र संकलन गरिरहेको छ । ‘यतिबेला विश्वभर नेपाली छरिएका छन्, कुन देशमा कति छन् हामीलाई यकिन गर्नै गाह्रो छ’, उनले भने, ‘त्यसैले तत्काल देशमा रहेका जनशक्ति मात्र समेटिने गरी काम भइरहेको छ, पछि विश्वभर छरिएका नेपाली वैज्ञानिक पनि समेट्नेछौं ।’

सरकारले पहिलो पटक सन् १९९५ मा गरेको सर्वेक्षण अनुसार ८ हजार २ सय ३६ जना वैज्ञानिक थिए भने सन् २००५ मा जनशक्ति २८ हजार पुगेको थियो । त्यसको ३ वर्षपछि सन् २००८ को सर्वेक्षणमा वैज्ञानिकको संख्या करिब ३५ हजार रहेको थियो ।
अन्नपूर्णबाट

Logo