हेटौंडा

०७२ सालको भुकम्पबाट क्षतिग्रस्त भएका गुम्बा/बिहार पुनर्निर्माणका लगि पुनर्निर्माण प्राधिकरणले प्रतिवद्धता जनाएको ८ अर्ब ९३ करोड सरकारले रोकेपछि रकम फुकुवा माग सहित प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेललाई ज्ञापनपत्र बुझाइएको छ । "/>

गुम्बा र बिहार पुनर्निर्माणको लागि दिने भनिएको ९ अर्ब खै ?

गुम्बा र बिहार पुनर्निर्माणको लागि दिने भनिएको ९ अर्ब खै ?

केन्द्रबिन्दु
0
Shares

हेटौंडा

०७२ सालको भुकम्पबाट क्षतिग्रस्त भएका गुम्बा/बिहार पुनर्निर्माणका लगि पुनर्निर्माण प्राधिकरणले प्रतिवद्धता जनाएको ८ अर्ब ९३ करोड सरकारले रोकेपछि रकम फुकुवा माग सहित प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेललाई ज्ञापनपत्र बुझाइएको छ ।

नेपाल बौद्ध गुम्बा/विहार संरक्षण महासंघले शुक्रबार हेटौंडामा ज्ञापनपत्र बुझाएको हो । महासंघ केन्द्रीय अध्यक्ष सोम्बले तामाङ र भुकम्प प्रभावित गुम्बा/विहार पुनर्निर्माण संघर्ष समिति संयोजक सानुबाबु तामाङद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा संघर्ष समितिसँग भएको ६ बुँदे सहमति समेत संलग्न गरी सहमति अक्षरशः पालना गर्न माग गरिएको छ । क्षति मूल्यांकन सर्वे भइसकेका १ हजार ३ सय २० गुम्बा विहारको पूर्ण बजेट साथ पुनर्निर्माण कार्य तुरुन्त सुरु गर्न माग गरिएको छ । वौद्धदर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिलाई सुचारु रुपले सञ्चालन गर्न समेत ज्ञापनपत्रमा माग गरिएको छ ।

वार्ताका क्रममा पुनर्निर्माण प्राधिकरणबाट गत आर्थिक वर्ष डिजाइन, ड्रइङ तथा लागत अनुमानका नाममा गुम्बाहरुबाट उठाइएको रकम फिर्ता गर्न ज्ञापनपत्रमा माग गरिएको छ । क्षति मूल्यांकन सर्वे गर्न छुट भएका गुम्बा/विहारको तुरुन्त सर्भे गर्नुपर्ने माग गर्दै गुम्बा/ विहार पुनर्निर्माण कार्य उपभोक्ता समितिबाट गर्ने व्यवस्था मिलाउन माग गरिएको छ । सहमतिको मर्म र भावना अनुसार गुम्बा/विहारको थाङ्का, मूर्ति र अन्य आर्टलाई पनि पुनर्निर्माणको बजेटमा समावेश गर्नु पर्ने माग छ ।
नेपाल समाचारपत्रबाट

Logo