काठमाडौ‌ं

पार्टी एकताको विषयमा छलफल गर्न ओली–दाहाल वीच भएको आजको भेटवार्ता पनि बिना निश्कर्ष टुंगिएको छ । "/>

बाम एकता : आजको भेटवार्ता पनि विना निश्कर्ष टुंगियो

बाम एकता : आजको भेटवार्ता पनि विना निश्कर्ष टुंगियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौ‌ं

पार्टी एकताको विषयमा छलफल गर्न ओली–दाहाल वीच भएको आजको भेटवार्ता पनि बिना निश्कर्ष टुंगिएको छ । वालुवाटारमा भएको भेटवार्तामा पार्टी एकताको विषयमा छलफल भएको प्रधानमन्त्रीका संचारविज्ञ रामशरण बजगाईंले जानकारी दिए । उनीहरु बीचमा एकताको मिति तय गर्ने विषयमा छलफल भएको भएपनि एकता मिति पनि तय हुन सकेन ।

कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा बैशाख ९ गते का लागि तोकिएको मितिमा केही विषयमा सहमति नहुँदा एकता हुन सकेन । अहिले पनि जनयुद्ध, निर्वाचन चिन्ह र नेता व्यवस्थापनका विषयमा सहमति हुन सकेको छैन ।

एमालेले स्थानीय निर्वाचन र संघीय निर्वाचनको परिणामको आधारमा नेता व्यवस्थापन हुनु पर्ने बताइएको छ भने माओवादीले समानताको आधारमा एकता हुनु पर्ने अडान राख्दै आएको छ ।

Logo