काठमाडौँ

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचन समीक्षा सम्बन्धी गत चैत ९ गते देखि जारी बैठकमा बोल्ने दुई नेताले विहीबार उपसभापतिमा दाबी गरेका छन् । "/>

काँग्रेस उपसभापतिमा दुई नेताको दावी

काँग्रेस उपसभापतिमा दुई नेताको दावी

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचन समीक्षा सम्बन्धी गत चैत ९ गते देखि जारी बैठकमा बोल्ने दुई नेताले विहीबार उपसभापतिमा दाबी गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा नेता विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठले आआफूले उपसभापति पाउनु पर्ने माग गरे । बैठकमा नेता गच्छदारले आफूलाई उपसभापति बनाउने आश्वासन निर्वाचन अघि नै सभापति शेरबहादुर देउवाले दिएको जानकारी गराए ।

गच्छदार अघि बोलेका नेता श्रेष्ठले पनि उपसभापतिमा आफ्नो दावी पेश गरेका थिए । समीक्षा सम्बन्धी बैठक निरन्तर जारी छ । बैठक शुक्रबार बिहान ९ बजे पुनः बस्ने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
रासस

Logo