संखुवासभा

जिल्लाको मकालु गाउँपालिकामा मंगलबार र बुधबार दिउँसो परेको असिनाले अरबौंको क्षति भएको छ । "/>

असिनाबाट अरबौंको कृषिबाली क्षति, कृषक चिन्तित्

असिनाबाट अरबौंको कृषिबाली क्षति, कृषक चिन्तित्


संखुवासभा

जिल्लाको मकालु गाउँपालिकामा मंगलबार र बुधबार दिउँसो परेको असिनाले अरबौंको क्षति भएको छ । मकालु गाउँपालिका वार्ड नं. १ देखि ६ का अधिकांश गाउँमा दिउसो २ बजे देखि ६ बजे सम्म असिना पर्दा बालीनाली नष्ट पारेको गाउँपालिका उपाध्यक्ष चमेली राईले जानकारी दिएकी छिन् ।

असिनाले अलैची, मकै, आलु, लसुन, प्याज, फापर लगायतको नगदेवालीमा क्षति पु्र्‍याएको छ । वडा नम्बर १, २, ३ र ५ मा बढी क्षति पुगेको छ । चार घण्टा सम्म परेको असिना करिब डेढ फिट सम्म जम्दा अझै नबिलेको स्थानीय सुवास पोखरेलले जानकारी दिए । असिनाले लगाएको बालिनाली नष्ट गरे पनि क्षतिको मुल्याङकन हुन नसकेको भन्दै तत्काल राहतका लागि पहल गरिदिन उनले प्रशासनसँग माग गरे ।
अन्नपूर्णबाट

Logo