काठमाडौं

नेपालमा बार्षिक ५५ करोड २० लाख रुपैयाँ बराबरको विषादी तरकारीमा प्रयोग हुने गरेको तथ्य सार्वजनिक भएको छ । "/>

तरकारीमा वार्षिक ५५ करोडको विषादी प्रयोग

तरकारीमा वार्षिक ५५ करोडको विषादी प्रयोग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नेपालमा बार्षिक ५५ करोड २० लाख रुपैयाँ बराबरको विषादी तरकारीमा प्रयोग हुने गरेको तथ्य सार्वजनिक भएको छ । बाली संरक्षण निर्देशनालयका निर्देशक अच्यूतप्रसाद ढकालका अनुसार नेपालमा वार्षिक ५९ करोड बराबरको विषादी खपत हुने गरेको छ । जस मध्ये ८० प्रतिशत तरकारीमा प्रयोग हुने गरेको हो ।

ढकालले सन २०१५/१६ मा ५ सय ७५ टन बिषादी खपत भएको जानकारी दिए । मंगलबार पोखरामा बाली संरक्षण निर्देशनालय, बिषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाई पोखरा र ब्यवसायीक कृषि तथा ब्यापार आयोजना (प्याक्ट) को संयुक्त आयोजनामा मंगलबार पोखरामा आयोजित ‘तरकारी र फलफुलमा बिषादीको अवशेष र द्रुत विश्लेषण’ सम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले यस्तो जानकारी दिएका हुन् ।

नेपालमा तरकारी बालीमा प्रयोग भएको विषको अवस्था हेर्ने हो भने १ हेक्टर बराबर प्रति वर्ष १ केजी ६ सय ५ ग्राम बिषादी प्रयोग गर्ने गरिएको कार्यक्रममा जानकारी दिइएको छ । यो दर हरेक वर्ष बढ्दै गइरहेको बताइएको छ ।
नयाँ पत्रिकाबाट

Logo