काभ्रे

अर्ग्यानिक मह, दूग्धजन्य पदार्थ, तरकारी र फलफूल जस्ता स्थानीय उत्पादनका लागि काभ्रेको पनौतीस्थित बिहावर क्षेत्रको आफ्नै महत्व छ । "/>

काभ्रेको कुशादेवीमा तीन दिने पर्यटन महोत्सव हुने

काभ्रेको कुशादेवीमा तीन दिने पर्यटन महोत्सव हुने

केन्द्रबिन्दु
0
Shares

काभ्रे

अर्ग्यानिक मह, दूग्धजन्य पदार्थ, तरकारी र फलफूल जस्ता स्थानीय उत्पादनका लागि काभ्रेको पनौतीस्थित बिहावर क्षेत्रको आफ्नै महत्व छ । ट्राउट माछाका पारखीका लागि पनि यो स्थान आकर्षणको केन्द्र बन्दैछ । अझ ढिँडोको मौलिक स्वाद लिन चाहनेका लागि यो ठाउँ झनै उपयुक्त छ । यी मौलिकताहरुको प्रदर्शन गर्दै ग्रामीण पर्यटनको प्रवर्द्धनका लागि काभ्रेको पनौती बिहावर क्षेत्रमा पर्यटन महोत्सव हुने भएको छ । स्थानीय उत्पादनबाहेक कुशादेवीस्थित बिहावरक्षेत्र सगरमाथा, कन्चनजञ्घा, गौरीशंकर लगायतका हिम श्रृंखलाहरुको दृश्यावलोकनका लागि उपयुक्त क्षेत्र हो ।

समुन्द्री सतहदेखि २७ सय मिटर उचाइँमा रहेको कुशादेवी क्षेत्रमा २८० प्रजातिका चराचुरुङगी, चितुवा, मृग लगायतका जंगली जनावारको समेत बासस्थान रहेको छ । यीनै कुराहरुलाई लिएर ग्रामिण पर्यटन प्रवर्द्धनका लागि बैशाख १५ देखि ३ दिन सम्म यो क्षेत्रमा पर्यटन महोत्सव हुन लागेको हो । महोत्सवबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा महोत्सव मूल समारोह समितिका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले महोत्सवमा स्थानीय उत्पादनको प्रदर्शन तथा बिक्री हुनुका साथै हाफ म्याराथन, साइक्लिङ र हाइकिङ जस्ता खेल समेत सञ्चालन हुने जानकारी दिए ।
अन्नपूर्णबाट

Logo