काठमाडौं
सगरमाथा आरोहणका लागि चालू सिजनमा ३८ समूहका ३ सय ४६ जनाले अनुमति लिएर आरोहणतर्फ लागेका छन् । पर्यटन विभागका अनुसार सन् २०१८ का वसन्त ऋतुका लागि सगरमाथा आरोहण गर्न विदेशी ३४ समूहका ३ सय २६ जनाले आरोहणका लागि अनुमति लिएर आरोहणतर्फ लागेका छन् । त्यस्तैगरी ४ समूहका २० जना नेपालीले पनि आरोहणका लागि अनुमति लिएर आरोहणतर्फ लागेका छन् ।
गतवर्ष सन् २०१७ मा ३ सय ६७ जनाले आरोहण अनुमति लिएका थिए । जसमा १ सय ७३ जनाले विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए । सन २०१४ र सन २०१५ मा अनुमति लगेको भएपनि भूकम्प तथा हुदहुदका कारण आरोहण रोकिएको थियो । नेपाल घुम्न आउने पर्यटक मध्ये सबैभन्दा बढी खर्च गर्नेमा आरोहीहरू पर्ने गरेका छन् । जस बापत प्रत्येक वर्ष नेपाल सरकारले झन्डै ५० करोड रूपैयाँ हाराहारीमा राजस्व प्राप्त गर्दै आएको छ । ८८ टोलीका ७१३ आरोही सन् २०१८ मा नेपालका विभिन्न हिमाल आरोहण गर्नका लागि आरोहण अनुमति लिएका छन् । विभागका अनुसार मंगलबार सम्म कुल ८८ टोलीका ७ सय १३ जना पर्वतारोहीले अनुमति पाइसकेको विभागका महानिर्देशक दिनेश भट्टराईले जानकारी दिए ।
अझै दुई सातासम्म आरोहीहरू आउने क्रम जारी रहने विभागका महानिर्देशक भट्टराईले जानकारी दिए । सन् २०१७ को यही सिजनमा कुल १ सय ७ टोलीका ८ सय ३४ जना आरोहीले विभिन्न हिमाल आरोहणका लागि अनुमति लिएका थिए ।
कारोबारबाट





























प्रतिक्रिया