काठमाडौं

तीन भागमा विभाजन भएको राष्ट्रिय प्रजातन्त्र पार्टी एकीकरण गर्ने अनौपचारिक पहलकदमीमा नेताहरू लागेका छन् । "/>

पार्टी एकीकरणका लागि राप्रपा नेताहरू अनौपचारिक छलफलमा

पार्टी एकीकरणका लागि राप्रपा नेताहरू अनौपचारिक छलफलमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

तीन भागमा विभाजन भएको राष्ट्रिय प्रजातन्त्र पार्टी एकीकरण गर्ने अनौपचारिक पहलकदमीमा नेताहरू लागेका छन् । स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनको मुखैमा राप्रपा तीन चिरा भएको थियो । पार्टी विभाजनका कारण राप्रपाले अप्रत्याशित हार व्यहोरेको भन्दै प्रजातान्त्रिक शक्ति बलियो बनाउन एकजुट हुनु पर्ने धारणा तीन वटै राप्रपाका नेताले बताउँदै आएका थिए ।

पछिल्लो समय राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणा, राप्रपा वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्द र राप्रपाकै उपाध्यक्ष बुद्धिमान तामाङ तीन चिरामा विभक्त पार्टी जुटाउने पहल कदमीमा लागेका हुन् । उनीहरू बीच चन्द निवास लोकन्थलीमा तीन पटक अनौपचारिक वार्ता भइसकेको स्रोतले बतायो । राप्रपा स्थापना भएको १५ जेठमा पार्टीलाई एकढिक्का बनाउने गरी नेताहरूले प्रयास थालेका हुन् । राप्रपा १५ जेठ ०४७ मा स्थापना भएको थियो ।

राप्रपा प्रजातान्त्रिकका अध्यक्ष राणाले आफू तीन धारको राप्रपालाई एकढिक्का बनाउन लागिरहेको बताए । ‘पार्टीको तीन धार एक बनाउने प्रयत्नमा म छु,’ उनले भने, ‘पार्टीलाई पुनः एक बनाउनुपर्छ भन्नेमा नेताहरू सकारात्मक हुनुहुन्छ ।’

स्रोतका अनुसार लोकेन्द्रबहादुर चन्दलाई अध्यक्ष बनाउने, नभए चार नेता सम्मिलित अध्यक्षमण्डल बनाएर अघि बढ्ने विकल्पमा नेताहरू बीच छलफल चलिरहेको छ । मुलुकको प्रधानमन्त्री बनिसकेको र उनी नेतृत्वको मन्त्रिपरिषदमा राप्रपा अध्यक्ष कमल थापा, एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी र राप्रपा प्रजातान्त्रिकका अध्यक्ष राणा मन्त्री रहेकाले चन्दलाई अध्यक्ष मान्न अन्य नेताहरूलाई अप्ठ्यारो नपर्ने भन्दै अध्यक्ष बन्न प्रस्ताव गरिरहेका छन् ।
नयाँ पत्रिकाबाट

Logo