बैतडी
जिल्लामा सय भन्दा बढी व्यक्ति सम्भावित हात्तीपाइले पीडित भेटिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय बैतडीले गत चैतमा सञ्चालन गरेको हात्तीपाइले खोजी अभियानका क्रममा १२० जना सम्भावित हात्तीपाइले रोगी भेटिएका हुन् ।
जिल्लाका १० स्थानीय तहमा दुई चरणमा सञ्चालन गरेको खोजी अभियानका क्रममा ६० जना हाइड्रोसिलका रोगी तथा ६० जनाको हातखुट्टा सुन्निएका व्यक्ति भेट्टिएका जिल्ला स्वास्थ्य कार्यालय बैतडीका स्वास्थ्य सहायक सन्तोष पाण्डेयले जानकारी दिए । हाइड्रोसिल र हातखुट्टा सुन्निएका व्यक्तिलाई हात्तीपाइले भएको हुनसक्ने अनुमान गरिएकोउनले बताए ।
हाइड्रोसिल हात्तीपाइलेका कारण पनि हुने भएकाले हात्तीपाइले भएको हुनसक्ने अनुमान गरिएको हो, उनले भने । त्यसैगरी केहीमा हात, खुट्टा सुन्निने लक्षण देखिएकाले हात्तीपाइले नै भएको भन्ने अनुमान गरिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । खोजी अभियानबाट आएको उक्त प्रारम्भिक प्रतिवेदनलाई पूर्णता दिन बाँकी रहेकाले सो प्रतिवेदन र अन्य परीक्षण अध्ययनपछि मात्रै हात्तीपाइले भए नभएको पुष्टि हुने बताइएको छ । हात्तीपाइले रोग निर्मूल गर्ने नीतिका साथ यस अघि बैतडीमा ६ पटक सम्म हात्तिपाइले रोगविरुद्धको औषधी खुवाइएको थियो । सरकारले नेपालमा सन् २०२० सम्म हात्तिपाईले निवारण गर्ने लक्ष्य राखेको छ ।
राजधानीबाट





























प्रतिक्रिया