सुर्खेत
कर्णाली प्रदेश सरकारले सोमबार नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । शनिबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश सरकारको नीति तथा कार्यक्रम स्वीकृत गरेर प्रदेशसभा बैठकमा पेश गर्ने निर्णय गरेको हो । ‘सोमबार प्रदेश प्रमुखले सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्नु हुने छ’ सरकारका प्रवक्ता विमला केसीले भनिन्, ‘त्यस लगत्तै चालू आर्थिक वर्षको तीन महिनाका लागि बजेट सार्वजनिक गछौं ।’ नीति तथा कार्यक्रममा पर्यटन, कृषि र भौतिक पूर्वाधारमा जोड दिइएको प्रवक्ता केसीले जानकारी दिइन् ।
‘नयाँ वर्षकै दिन राराबाट कर्णाली–रारा पर्यटन वर्ष घोषणा गरेकाले पाँच लाख पर्यटन भित्र्याउने उद्देश्य सहितका कार्यक्रम यसमा समेटिएका छन्’ उनले भनिन्, ‘यसका साथै पर्यटकीय क्षेत्रको पहिचान, प्रचार–प्रसार र पूर्वाधार निर्माणमा नीति तथा कार्यक्रम केन्द्रीत छ।’
नीति तथा कार्यक्रममा कर्णाली कोरिडोर अन्तर्गतको कोहलपुर–सुर्खेत–हिल्सा सडक, भेरी कोरिडोर अन्तर्गतको सुर्खेत–जाजरकोट–डोल्पा सडक, दाङ–सुर्खेत–दिपायल सडक, बर्दियाको भुरिगाउँ–तेलपानी सडक, सुर्खेत–दैलेख–नाग्म–गमगढी हुँदै नाक्चेलाग्ना सडकलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा विकास गर्ने उल्लेख छ । यस्तै सुर्खेत देखि बर्दिया जोड्ने छोटो मार्ग भुरीगाउँ तेलपानी सडक र सुर्खेत–कोहलपुर खण्डमा सुरुङ मार्ग निर्माणका लागि पूर्व सम्भाव्यता अध्ययन गर्दै दुई लेनको सडक स्तरोन्नति गरिने उल्लेख छ।
नागरिकबाट































प्रतिक्रिया