नवलपरासी
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका क्षेत्र भित्र पर्ने झरही खोलामा अवैध उत्खनन भई खोलाजन्य पदार्थको चोरी–निकासी बढेको छ । गाउँघरमा प्रयोग गर्ने भनी स्थानीय तस्करहरुले खोलामा साँझ बिहान खोलाजन्य पदार्थ चोरी गरी बिक्री वितरण गरिरहेको पाइएको छ ।
रामग्राम नगरपालिका–१ सहुवा टिकर र वडा नं ४ सूर्यपुराबाट स्थानीय खोला तस्करले खोलाबाट बालुवा र ढुंगा निकाली बजारमा बिक्री वितरण गरिरहेको स्थानीयवासी बताउँछन् । यद्यपि खोलामा अलिहे सम्म ठेक्का लाग्न सकेको छैन । खोलामा दिनहुँ करीब १०० ट्र्याक्टर खोलाबाट अवैध उत्खनन गरी बालुवा तथा ढुंगा चोरी गरी बिक्री वितरण गरिरहँदा रामग्राम नगरपालिका भने मौन बसेको छ । नगरपालिका तथा जिल्ला समन्वय समितिले अनुगमन नगर्दा खोलामा व्यापक चोरी बढेको स्थानीयवासी बताउँछन् ।
तस्करहरु प्रहरीको सेटिङमा खोलामा दिनदहाडै खोलाजन्य पदार्थ झिकिरहेको स्थानीयवासीको आरोप छ । यसरी खोलाबाट दिनहुँ लाखौँ रकमको खोलाजन्य पदार्थको चोरी तस्करी भइरहँदा सम्बन्धित निकाय चुपचाप बसेको छ ।
रासस































प्रतिक्रिया