काठमाडौं

देशभर कुल ३० लाख आठ हजार १०९ सवारी साधन मध्ये बागमती अञ्चलमा मात्र ११ लाख नौ हजार ८१३ छन् । "/>

यातायातमा २० वर्षको विकास यस्तोः सडक ५ र गाडी १२ गुणाले वृद्धि

यातायातमा २० वर्षको विकास यस्तोः सडक ५ र गाडी १२ गुणाले वृद्धि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

देशभर कुल ३० लाख आठ हजार १०९ सवारी साधन मध्ये बागमती अञ्चलमा मात्र ११ लाख नौ हजार ८१३ छन् । यो कुल संख्याको ३६ प्रतिशत हो । त्यस्तै नारायणीमा ६ लाख ६४ हजार ७४८, लुम्बिनीमा तीन लाख ७८ हजार २१३, कोसीमा तीन लाख १९ हजार ४०६ छन् । सवारीसाधन दर्ताको हिसाबले कर्णाली सबै भन्दा पछाडि छ । कर्णालीमा अहिले सम्म ८ सय २२ सवारी साधन दर्ता भएका छन् । कर्णाली अञ्चलमा सबैभन्दा पछि आर्थिक वर्ष ०७२, ७३ देखि मात्र सवारी दर्ता गर्न थालिएको हो ।

२८ वर्ष अघि आर्थिक वर्ष ०४६,४७ मा नेपालमा कुल सवारीसाधन ७६ हजार ३७८ मात्र थिए । अहिले ३० लाख आठ हजार १०९ छन् । यो अवधिमा २९ लाख ३१ हजार ७३१ सवारीसाधन थपिएका छन् । यो २८ वर्ष अघिका सवारीसाधनको तुलनामा ३९ गुणा बढी हो ।

देशभरका कुल ३० लाख आठ हजार १०९ सवारीसाधन मध्ये २३ लाख ७२ हजार ३१६ मोटरसाइकल छन् । यो कुल सवारीसाधनको ७८ प्रतिशत हो । त्यो भन्दा पनि चाखलाग्दो विषय त कुल मोटरसाइकल मध्ये ३७ प्रतिशत बागमती अञ्चलमा मात्र छन् । यसको अर्थ आठ लाख ७६ हजार ५५१ वटा मोटरसाइकल बागमती अञ्चलमा मात्र दर्ता भएका छन् ।
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo