काठमाडौं
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षमा विष्णुहरि पाण्डे निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा पाण्डेले सरोजकुमार बस्नेतलाई १२ मतले पराजित गरे । कुल खसेको ३४३ मत मध्ये पाण्डेले १७७ मत ल्याए भने बस्नेतले १६५ मत ल्याए ।
उपाध्यक्षमा सबैभन्दा बढी मत ल्याएर महेशबाबु तिमल्सिना प्रथम उपाध्यक्ष भए । उनले १७९ मत ल्याए । त्यस्तै राजेन्द्र रिजालले १७६ मत र देविदास भट्टराईले १६९ मत ल्याएर क्रमशः दोस्रो र तेस्रो उपाध्यक्ष भए । तिमल्सिना र रिजाल बस्नेत समूहबाट उम्मेदवार थिए भने भट्टरार्इ पाण्डे समूहबाट उम्मेदवार थिए ।
त्यस्तै महासचिव पदमा पाण्डे समूहबाट उम्मेदवार बनेका शेषराज भट्टराईले ६६ मतको विशाल अन्तरले सन्तोष प्याकुरेललाई पराजित गरे । भट्टराईले २०३ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी प्याकुरेलले १३७ मत मात्रै ल्याए ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया