दाङ

पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङको रिहारमा शनिबार साँझ भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । "/>

ट्रक र हायस ठोक्किँदा दुई जनाको मृत्यु

ट्रक र हायस ठोक्किँदा दुई जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

दाङ

पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङको रिहारमा शनिबार साँझ भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । यो घटनामा पाँच जना गम्भीर घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङको लमही नगरपालिका ९ रिहारमा ट्रक र विङगर हाइस गाडी एक आपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे १ ज ६१४ नम्वर विङगर र विपरित दिशाबाट आइरहेको ना ६ ख ६६४८ नम्बरको ट्रक ठोक्किँदा लमही ९ च्याउखोलाका २८ वर्षीय खडगबहादुर बुढा र बर्दिया ठाकुरबाबा नगरपालिका १ का २० वर्षीय विवेक थारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ४ जना गम्भीर घाइते भएका छन् भने एक जना सामान्य घाइते भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । गम्भीर घाइते प्युठानका वर्ष २२ का सुस्मा केसी, लमही नगरपालिका ९ अमिलिया वस्ने वर्ष ३६ कि कमला विक, रोल्पा वस्ने वर्ष ३५ कि दिलकुमारी थापा र रोल्पा घर भएकी वर्ष ७४ की सरी पुन लमही अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि जिल्ला बाहिर रिफर गरिएको छ ।
अन्नपूर्णबाट

Logo