भ्यानको ठक्करबाट मृत्यु

भ्यानको ठक्करबाट मृत्यु

केन्द्रबिन्दु
0
Shares

विराटनगरस्थित कोशी राजमार्गमा भ्यानको ठक्करबाट बिहीबार बेलुकी ८ बजे एकजनाको मृत्यु भएको छ । 

को १ च ८६१५ नम्बरको भ्यानले ठक्कर दिएपछि गम्भीर घाइते भएका विराटनगर–४ बस्ने ६५ वर्षीय विष्णुबहादुर कार्कीको मृत्यु भएको १ नं प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । 

उनको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सो भ्यान प्रहरी नियन्त्रणमा छ भने चालक फरार भएका छन् ।

Logo