काठमाडौँ

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ५ फरक क्षेत्रमा चीनसँग आर्थिक समृद्धिका लागि साझेदारी गर्न सकिने औंल्याएका छन् । "/>

आर्थिक समृद्धिका लागि चीनसँग साझेदारी : परराष्ट्रमन्त्री

आर्थिक समृद्धिका लागि चीनसँग साझेदारी : परराष्ट्रमन्त्री

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ५ फरक क्षेत्रमा चीनसँग आर्थिक समृद्धिका लागि साझेदारी गर्न सकिने औंल्याएका छन् । उनले यातायात र कनेक्टिभिटी, कृषि उद्योग प्रविधिको प्रयोग, जनशक्तिको उपयोग, पर्यटन र व्यापारको क्षेत्रमा चीनसँग सहकार्य गरेर नेपालले तीव्र आर्थिक विकास गर्न सकिने बताए ।यसैविच परराष्ट्रमन्त्री ज्ञवालीले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान समेत गरेका छन् ।

६ दिने चीन भ्रमणमा रहेका ज्ञवालीले बिहीबार बेइजिङस्थित चाइना रिफम फोरममा आयोजित २१ औं शताब्दीमा नेपाल–चीन सम्बन्ध र बीआरआई थिङ्क ट्यांक सेमिनारलाई सम्बोधन गर्दै नेपालले आर्थिक उदारीकरणको नीति लिएको जानकारी गराए ।

‘नेपाल भर्जिन ल्यान्ड छ, नेपालमा लगानीको अवसरलाई फाइदा लिन सक्नु हुनेछ, सरकार सहयोग गर्न तयार छ,’ उनले भने, ‘ऊर्जा, जलविद्युत, कृषि तथा पर्यटनको क्षेत्रमा चिनियाँ लगानीलाई प्रोत्साहन गर्नु पर्छ भन्ने दुवै सरकारको धारणा छ, यसले नेपालको तीव्र आर्थिक विकासमा सहयोग पुग्छ ।’ सेमिनारमा नेपालको समृद्धिका लागि साझेदारीका पाँच क्षेत्र रहेको उद्घोष गरे । उनले भने, ‘नेपाल–चीन बीचको मैत्री सम्बन्धमा पाँच वटा सम्भावना छन् ।’

यातायात अन्तर सञ्जाल अन्तर्गत रेलमार्ग, सडक र हवाईसेवा मार्फत दुई देशलाई आपसमा घनिष्ट बनाउन सकिने बताउँदै ज्ञवालीले नेपालका कृषि, पूर्वाधार विकास र सेवा क्षेत्रमा चिनियाँ लगानीको महत्वपूर्ण भूमिका औंल्याएका थिए ।
राजधानीबाट

Skip This
Skip This
Logo