काठमाडौँ
पार्टी एकतालाई अन्तिम रूप दिन बसेको नेकपा एमाले र नेकपा माओवादी केन्द्रका अध्यक्ष बीच भएको वार्ताले नयाँ रूप लिन नसकेपछि चिया गफमै सीमित भएको छ । वैशाख ९ गते गर्ने भनिएको पार्टी एकतालाई अन्तिम रूप दिन बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकले ठोस निर्णय लिन नसकेपछि ९ गते हुने भनिएको एकता हाललाई टरेको छ ।
दुई अध्यक्ष बीच भएको वार्ताले सार्थक मोड लिन नसकेको र अध्यक्षबीच वान टु वान हुने वार्ता समेत अनिश्चित भएपछि पार्टी एकता हुने नहुनेमा आशंका पैदा भएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए । ‘हामी हदै लचिलो भएका थियौं तर एमालेले आफ्नो अहम् र घमण्ड देखाएपछि पार्टी अध्यक्ष निरास भएर वार्ताबाट फर्किनु भएको हो।’ –ती नेताले जानकारी दिए ।
माओवादीले बराबरको हैसियत खोजेपछि वार्ता अनिश्चित बनेको एमालेका एक नेताले बताए । ‘जसको कुनै हैसियत नै छैन उसले बराबरको हिस्सा खोजेपछि कहाँको पार्टी एकता हुन्छ ।’ –ती नेताले बताए । पार्टी एकता संयोजन समितिले पार्टी एकतालाई अन्तिम रूप दिन जिम्मेवारी दुई नेतालाई जिम्मेवारी दिए अनुरूप दुई अध्यक्षको बैठक भएको तर त्यसले मुर्तरूप लिन नसकेको प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिए । समितिको मंगलबारको बैठकले पर्सि ९ गते पार्टी एकतालाई अन्तिमरूप दिन दुई पार्टीका अध्यक्षलाई जिम्मेवारी दिएको थियो ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया