काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि प्रस्थान गर्नु अघि महिला पत्रकार समूहलाई सफलताको शुभकामना सहित राष्ट्रिय झण्डा हस्तान्तरण गरेका छन् । "/>

प्रम ओलीद्वारा सगरमाथा आरोहणरत महिला पत्रकारलाई झण्डा हस्तान्तरण

प्रम ओलीद्वारा सगरमाथा आरोहणरत महिला पत्रकारलाई झण्डा हस्तान्तरण

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि प्रस्थान गर्नु अघि महिला पत्रकार समूहलाई सफलताको शुभकामना सहित राष्ट्रिय झण्डा हस्तान्तरण गरेका छन् । रोजिता बुद्धाचार्यको नेतृत्वमा युवा महिला पत्रकारको समूह सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि हिजै लुक्ला प्रस्थान गरेको छ ।

प्रधानमन्त्रीले भने, “हिमाल त हलचल हुँदैन, त्यहीँ रहन्छ तर जीवन फेरिफेरि पाइन्न, त्यसैले आफ्नो स्वास्थ्य र इम्युनिटी पावरको ख्याल राख्नु, मौसम प्रतिकूल भए जबर्जस्ती आरोहण नगर्नु र फर्कनु, फेरि पछि चढ्नु, सफलताको शुभकामना छ छोरीहरुलाई ।” सो अवसरमा रक्षामन्त्री ईश्वर पोखरेल र अर्थमन्त्री युवराज खतिवडा लगायत उपस्थित थिए ।

समूहमा रोजिता बुद्धाचार्य (नेपाल टेलिभिजन), रोशा बस्नेत (रासस), देउराली चाम्लिङ (फ्रिलान्सर), कल्पना महर्जन (मेघा टेलिभिजन) र प्रियालक्ष्मी कार्की (न्यूज २४) छन् । झमक घिमिरे साहित्यकला प्रतिष्ठान, काठमाडौंका पदाधिकारीको समन्वयमा आरोहण टिमको मुख्य गाइड फुर्वा शेर्पाको गाइड पेम्बा शेर्पासहितको समूहले पनि प्रधानमन्त्रीसंग भेटघाट गरेको छ ।
रासस

Skip This
Skip This
Logo