विराटनगर

प्रदेश नं १ को ‘विनियोजन विधेयक २०७४’ सर्वसम्मतले पारित भएको छ । "/>

प्रदेश नं. १ : विनियोजन विधेयक पारित

प्रदेश नं. १ : विनियोजन विधेयक पारित

केन्द्रबिन्दु
0
Shares

विराटनगर

प्रदेश नं १ को ‘विनियोजन विधेयक २०७४’ सर्वसम्मतले पारित भएको छ । प्रदेशसभाको हिजो बसेको दोस्रो बैठकले उक्त विधेयक सर्वसम्मतले पारित गरेको हो । यस अघि सदनमा प्रदेश सदस्यले विधेयकका सम्बन्धमा आ–आफ्ना धारणा राखेका थिए ।

आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले बैठकमा प्रदेशसभा सदस्यले उठाएको जिज्ञासाको जवाफ दिएका थिए । मन्त्री आङ्बोले ‘विनियोजन विधेयक २०७४’ पारित गरियोस् भनी राखेको प्रस्ताव सर्वसम्मतले पारित भएको थियो ।

विधेयक पारित भएसँगै प्रदेश सरकारलाई सञ्चित कोषबाट चालु आवका लागि विभिन्न निकाय, मन्त्रालय तथा सचिवालयले गर्ने सेवा र कार्यको खर्च गर्ने अधिकार प्राप्त भएको छ । प्रदेशसभाको अर्को बैठक बिहीबार (आज) अपराह्न १ बजे बस्नेछ ।
रासस

Logo