नेपालगन्ज
राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण कार्य दुई वर्ष भित्रै सम्पन्न हुने आयोजनाले जनाएको छ । हालकै गतिमा सुरुङ खन्ने काम हुने हो भने आगामी दुई वर्ष भित्र आयोजनाको सबै काम पूरा गरिने आयोजनाका निर्देशक शिवकुमार बस्नेतले बताए ।
चालू आवको सानो समयमै आयोजनाको ५ भागको दुई भाग सुरुङ खन्ने काम सकिएको जनाउँदै उनले हालसम्मको कामको गतिलाई हेर्दा दुई वर्षमा सबै काम सकिने देखिएको बताए । निर्देशक बस्नेतका अनुसार आयोजना सम्पन्न गर्न सरकारले तीन चरणको निर्माण योजना अगाडि सारेको छ । पहिलो चरणमा सुरुङ खन्ने कामलाई प्राथमिकतामा राखिएको छ । त्यस लगत्तै बाँध निर्माण र विद्युतगृह निर्माण गरिने लक्ष्य छ ।
तीन वटै चरणका काम दुई वर्षमै सम्पन्न हुने लक्ष्य राखिएको जनाउँदै उनले हाल सुरुङ निर्माणसँगै आयोजनाका लागि आवश्यक पर्ने बाँध क्षेत्र र विद्युतगृहको डिजाइन पुनरावलोकन भइरहेको बताए । आयोजना निर्माणमा हाल दैनिक तीन सय भन्दा बढी नेपाली तथा चिनियाँ कामदार परिचालित छन् । उनीहरुले दिनरात खटिएर आयोजनास्थलमा विभिन्न काम गरिरहेका छन् । अहिले आयोजनाको सुरुङ निर्माणको काम तीव्रताका साथ भइरहेको जनाउँदै आयोजना निर्देशक बस्नेतले ५ महिनामा तीन किमि बढी सुरुङ खनिएको जनाए । १२ किमि सुरुङ खनिनेमा तीन किमि खनिसकिएको र सुरुङ निर्माणको काम तीव्रताका साथ भइरहेको आयोजनाले जनाएको छ ।
कारोबारबाट





























प्रतिक्रिया