सिन्धुली

विप्लव नेतृत्वको नेकपा माओवादीले यहाँको हरिहरपुरगढी गाउँपालिका अध्यक्षको राजीनामा माग गरेको छ । "/>

विप्लव माओवादीद्वारा गाउँपालिका अध्यक्षको राजीनामा माग

विप्लव माओवादीद्वारा गाउँपालिका अध्यक्षको राजीनामा माग

केन्द्रबिन्दु
0
Shares

सिन्धुली

विप्लव नेतृत्वको नेकपा माओवादीले यहाँको हरिहरपुरगढी गाउँपालिका अध्यक्षको राजीनामा माग गरेको छ । जिल्ला जनपरिषद सिन्धुलीले पत्र पठाएर राजीनामा मागेको हो ।
गत चैत २५ गतेको पत्र मार्फत केन्द्रिय जनपरिषद नेपालको निर्माणसँगै प्रदेश जिल्ला र नगर गाउँस्तरमा समाजवादी सत्ता सञ्चालन गरिसकेको र पुरानो सत्ता खारेज गर्ने केन्द्रिय नीति अनुरुप सिन्धुली जिल्लाको हरिहरपुरगढी खाली गर्ने निर्णय जिल्ला जनपरिषद्ले गरेकाले राजीनामा दिन भनिएको छ ।

‘जनपरिषद्को निर्णय अनुसार तपाईले गाउँपालिकाको अध्यक्षबाट राजीनामा दिनुहुन अनुरोध गर्दछौं, यदि यो अपिललाई वेवास्ता गरि पुरानै सत्ता अन्तर्गत कार्य गर्नु भएमा त्यसको परिणाम तपार्इंले नै व्यहोर्नु पर्ने पनि यसै पत्र मार्फत जानकारी गराउँदछौं’, पत्रमा भनिएको छ । पत्र प्राप्त भएको १५ दिन भित्र राजीनामा सार्वजनिक भइसक्नु पर्ने र अन्यथा भए थप संघर्षको कार्यक्रम अगाडि बढाइने भन्दै धम्कीपूर्ण पत्र गाउँपालिका अध्यक्षलाई आएको हो ।

वर्तमान संसदीय दलाल पुँजीवादी व्यवस्थालाई जरै देखि उखेलेर फाल्ने र त्यसको ठाँउमा बैज्ञानिक समाजवादी व्यवस्था निर्णयमा गर्ने उद्देश्य आफूहरु क्रियाशिल रहेको भन्दै पत्रमा पुरानो सत्ता दलाल पुँजीवादहरुको सेवक, भ्रष्टचारीको कारखाना र जनउत्तरदायीविहिन भएकाले पूर्ण रुपले अस्वीकार गरेको उल्लेख छ ।
नागरिकबाट

Logo