काठमाडौँ
नयाँ वर्षका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको राराबाट शनिबार (आज) बिहान देशबासीका नाममा सन्देश दिने भएका छन् । सो सन्देश दिन र रारा पर्यटन महोत्सवको निमन्त्रणामा प्रधानमन्त्री ओली हिजो रारा पुगिसकेका छन् । उनलाई हिजै कर्णाली प्रदेशको मन्त्रिपरिषद्का निर्णयहरु प्रदेशका मुख्यमन्त्रीबाट हस्तान्तरण गरिएको थियो । अहिले विहान ८ बजे राराबाट प्रधानमन्त्रीले देशवासीका लागि नयाँ वर्षको शुभकामना दिने कार्यक्रम रहेको बताइएको छ ।
रासस





























प्रतिक्रिया