काठमाडौं
बौद्ध महास्तुपा पुनर्निर्माण गर्न १२ करोड ४६ लाख लागत स्वीकृत भएकोमा २१ करोड ९८ लाखमा सम्पन्न गरिएको थियो । स्तुपा पुनर्निर्माणमा हर्मिका, त्रयोदश भुवन, छत्रको सेट तथा गजुर समेतको ५ हजार ५ सय ८६ वर्गफिटमा प्रतिवर्गफिट आधा तोला सुन प्रयोग गर्न १४ हजार ७ सय २३ रुपैयाँ दरले कुल ८ करोड २३ लाखको लागत अनुमान स्वीकृत भएको देखिन्छ । तर कार्य सम्पन्न प्रतिवेदनमा ४ हजार ९ सय ९९.९० वर्गफिटमा ३३ हजार ५ सय ३३ रुपैयाँ ७१ पैसाका दरले ३१ किलोग्राम सुनमा १६ करोड ७७ लाख रुपैयाँ खर्च भएको उल्लेख छ ।
पुरातत्व विभागको ०७३,७४ को सुनको दर विश्लेषण अनुसार प्रतिवर्गफिट एक चौथाइ (१.४०) तोला सुनको १६ हजार ४ सय ५८ रुपैयाँ ६४ पैसाका दरले ८ करोड २३ लाखमा १४ किलो ५८० ग्राम खपत हुन सक्नेमा बढी खपत देखाइएको छ । यसमा ८ करोड ८८ लाख रुपैयाँ भ्रष्टाचार भएको महालेखाले जनाएको छ ।
यता निवृत्त सरकारी कर्मचारीलाई पेन्सनबापत दिने रकम ०७१,७२ मा २६ अर्ब १ करोड थियो । ०७२, ७३ मा यो रकम ३४ अर्ब ९८ करोड र ०७३ ,७४ मा ३७ अर्ब १० करोड पुगेको छ । निवृत्तिभरण खर्च यस वर्षको सरकारको कुल खर्चको ४.४९ प्रतिशत र चालू खर्चको ७.१९ प्रतिशत छ । निवृत्तिभरण दायित्व बढ्दै गएको सन्दर्भमा योगदानमूलक निवृत्तिभरणको अवधारणालाई कार्यान्वयनमा ल्याउनु पर्ने व्यहोरा विगत देखि औँल्याइएकोमा सरकारले बजेट मार्फत नीतिगत प्रतिबद्धता जनाएको भए पनि कार्यान्वयन हुन नसकेको टिप्पणी महालेखाको छ ।
नयाँ पत्रिकाबाट































प्रतिक्रिया