दुनै
हिमाली जिल्ला डोल्पा खण्ड खण्डमा राष्ट्रिय सडक सञ्जालसँग जोडिँदै छ । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका ५ मा पर्ने खदाङसम्म राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ ।
नेपाली सेनाले जिम्मा लिएको जाजरकोट- डोल्पा सडकखण्ड अन्तर्गत डोल्पा- रुकुम सिमाना त्रिवेणी बजार देखि खदाङ सम्मको ९ किमि सडकखण्ड सुचारु भइसकेको छ । सेनाका अनुसार खदाङ श्रीविण्डे हुँदै चिप्लेभीर राष्ट्रिय सडक सञ्जालमा जोेडिएको जानकारी दिएको हो ।
पूर्वमन्त्री समेत रहेकी संघीय सांसद सत्या पहाडीले आइतबार करोपगाड -खदाङ -श्रीविण्डे चिप्लेभीर खण्डको ९ किमि सडकखण्डको उद्घाटन गरिन् । यो सडक शुभारम्भ भएसँगै रुकुम डोल्पा- सिमाना -त्रिवेणीबजार देखि खदाङ्सम्म जिप, ट्र्याक्टर लगायत यातायात साधन सञ्चालनमा आएका छन् । यो सडक सञ्चालनमा आएसँगै काठमाडौं देखि डोल्पाको खदाङ -हरियापानी सम्म यात्रुले सीधै यात्रा गर्न सक्नेछन् ।
जाजरकोट -डोल्पा सडकखण्डका कार्यदल प्रमुख कर्णेल विश्वबन्धु पहाडीले जाजरकोट -डोल्पा सडकखण्डको कुल लम्बाई करिब ११८ किमि सडकखण्ड मध्ये ११५ किमि सडक निर्माण भइसकेको जानकारी दिए । पहाडीका अनुसार बाँकी ३ किमि सडक बनेपछि डोल्पा सदरमुकाम दुनै पूर्णरूपमा राष्ट्रिय सडक सञ्जालमा जोडिने छ । ‘अब बाँकी रहेको तीन किमि सडकखण्ड भीर, पहरा र कडा चट्टानयुक्त छ तर सेनाले आत्मविश्वास साथ दसैंमा डोल्पालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने गरी काम गरिरहेको छ’, कर्णेल पहाडीले भने।
अन्नपूर्णबाट































प्रतिक्रिया