काभ्रे
बनेपा नगरपालिका–६ का वडाध्यक्ष र व्यवसायी बीच कुटाकुट भएको छ । कुटाकुट हुँदा हार्डवयर पसलमा क्षति पुगेको छ भने एक स्थानीय घाइते भएका छन् । वडाध्यक्ष सचितानन्द केसी र खानीखोला हार्डवयरका प्रोपाइटार सुधिर श्रेष्ठ बीच कुटाकुट भएको हो ।
सडकमा गाडी रोकेको भन्दै वडाध्यक्ष केसीले आइतबार हार्डवयरका सञ्चालकलाई गाडी हटाउन भनेका थिए । उनले नमानेको भन्दै अध्यक्ष केसीले हाडवयरका सञ्चालकलाई धकेलेपछि सामान्य घटनाले उग्ररुप लिएको थियो । बनेपा नगरपालिकाले फुटपाथमा पार्किङ गर्ने गाडीहरु हटाउने अभियान स्वरूप बारम्बार सूचना जारी गरिएको थियो । व्यवसायीहरुले सूचनालाई अवज्ञा गर्दै फुटपाथका पसल र गाडी पार्किङ हटाउन अटेरी गरिरहेका थिए ।
बनेपा नगरपालिकाकै अभियानलाई सफल बनाउन वडा नम्बर ६ का वडाध्यक्ष केसीले फुटपाथमा गाडी पार्किङ नगर्न आग्रह गरेका थिए । घटनाका एक प्रत्यक्षदर्शीले वडाध्यक्षको कदम राम्रो भएपनि शैली हुकुमी प्रकारको भएकाले घटना भएको आरोप लगाए ।
‘वडाध्यक्षको अभियानलाई साथ दिनुपर्छ । नगरपालिका वरपर फुटपाथमा व्यवसायहरुले कमाउन धन्दा गरिरहेका छन् । यस्तो बेला नगरपालिकाको अगुवाइमा वडाले गरेको काम ठीक हो ।’ अर्का प्रत्यक्षदर्शीले भने, ‘तर यसरी युवाहरु परिचालित गर्नु भन्दा प्रहरी प्रशासन राखेर कानुनी कारबाहीमा लागेको भए यस्तो घटना घटदैनथ्यो होला ’ अहिले वडाध्यक्ष रिहा भएका छन् भने हार्डवयर सञ्चालक प्रहरीको हिरासत छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको बताएको छ ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया