गाइघाट

उदयपुरको पश्चिमी क्षेत्र उदयपुरगढी गाँउपालिका ६ स्थित नेपालटार बजारमा गएराति आगलागी हुँदा ठूलो जनधनको क्षति भएको छ । "/>

उदयपुरको नेपालटार बजारमा भिषण आगलागीः १२ घर जले

उदयपुरको नेपालटार बजारमा भिषण आगलागीः १२ घर जले

केन्द्रबिन्दु
0
Shares

गाइघाट

उदयपुरको पश्चिमी क्षेत्र उदयपुरगढी गाँउपालिका ६ स्थित नेपालटार बजारमा गएराति आगलागी हुँदा ठूलो जनधनको क्षति भएको छ । स्थानीय पूर्व प्रहरी हवल्दार नारायण तामाङको घरमा अचानक लागेको आगो बजारका अन्य घरमा सल्किँदा १० जनाका १२ वटा घर जलेका हुन् । आगलागीबाट करिव ६ करोड बराबरको धनमाल क्षति भएको प्रहरीको प्रारम्भीक अनुमान छ ।

आगलागीमा नारायण तामाङकी आमा ७० वर्षीया बाटीमाया तामाङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी नवराज भट्टले जानकारी दिए । आगलागीबाट स्थानीय नारायण तामाङको दुई वटा र टंक श्रेष्ठ, भरत कार्की, विरबहादुर तामाङ, तिलकुमारी दाहाल, निर्मला विक, लवराज कार्की, तिकमान तामाङ, रमेश खतिवडाको घर जलेर पूर्ण क्षति भएको छ।

एसपी भट्टका अनुसार एक घर परिवारको नाम खुलेको छैन् । ‘क्षतिको विवरण आउन बाँकी छ,’ उनले भने, ‘सबै नेपालटार बजारमा रहेका पसल परेका छन् ।’ आगलागीको कारण नखुलेपनि प्रहरीले नारायण तामाङको घरमा धामी राख्दा आगो लागेको हुन सक्ने शंका गरेको छ । आगो करिव ४ घण्टापछि गाइघाट, कटारीमा रहेको बारुणयन्त्र, नेपाल प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको स्थानीय बोधकुमार घिमिरेले बताए ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo