नयाँदिल्ली

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले वाम गठबन्धनको वर्तमान सरकारले लोकतन्त्रलाई थप परिष्कृत, मर्यादित र व्यवस्थित बनाएर नेपाललाई प्रगतिको पथमा अगाडि बढाउन क्रियाशील रहेको बताएका छन् । "/>

लोकतन्त्रमा मात्रै आर्थिक समृद्धि र विकास : प्रधानमन्त्री ओली

लोकतन्त्रमा मात्रै आर्थिक समृद्धि र विकास : प्रधानमन्त्री ओली

केन्द्रबिन्दु
0
Shares

नयाँदिल्ली

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले वाम गठबन्धनको वर्तमान सरकारले लोकतन्त्रलाई थप परिष्कृत, मर्यादित र व्यवस्थित बनाएर नेपाललाई प्रगतिको पथमा अगाडि बढाउन क्रियाशील रहेको बताएका छन् । इन्डिया फाउण्डेशनले हिजो साँझ प्रधानमन्त्री ओलीको सम्मानमा आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले वाम गठबन्धनको सरकार लोकतन्त्र मास्न उद्यत रहेको भन्दै केहीले भ्रम फिँजाएको पनि बताए ।

प्रधानमन्त्री ओलीले भने, केही मान्छेले नेपालमा लोकतन्त्र संकटमा पर्दैछ भनेर अनावश्यक चर्चा र भ्रम फिँजाएका छन् । त्यो सरासर गलत हो । लोकतन्त्रका लागि आधा शताब्दी भन्दा बढी संघर्ष गरेको मेरा लागि लोकतन्त्र नै सर्वोत्तम शासन व्यवस्था हो । प्रधानमन्त्री ओलीले लोकतन्त्रमा नै आर्थिक समृद्धि र विकासले उल्लेख्य फड्को मार्ने भन्दै कोही कसैले अनावश्यक रुपमा फैलाएका गलत अफवाहको पछाडि नलाग्न सबैलाई आग्रह गरे ।

नेपाल दुवै छिमेकी मुलुकसँग पारस्परिक विश्वास, मित्रता र मैत्री सम्बन्धका साथ अगाडि बढ्न लागेको भन्दै प्रधानमन्त्रीले भने, “हामी भारतसँग र अरु मुलुकसँग पनि समानताका आधारमा मैत्री सम्बन्धलाई थप विस्तार गर्दै नेपालको विकास र समृद्धिको यात्रालाई तय गर्न चाहन्छौँ ।” नेपाल स्वतन्त्र र आफ्नै पहिचानका साथ विश्व मानचित्रमा विगत देखि नै स्थापित भएको सार्वभौमसत्ता सम्पन्न मुलुक भएकाले मैत्री, पञ्चशील र असंलग्नता नै आफूहरुको प्रमुख विशेषता रहेको उनले बताए ।

प्रधानमन्त्रीले ऊर्जाको विकासबाट नेपालको मात्रै नभई भारतको समेत हित हुने भएकाले सो क्षेत्रमा लगानीका लागि भारतीय लगानीकर्तालाई आग्रह गरिसकेको दृष्टान्त पेश गर्दै द्विपक्षीय साझेदारीको अनुपम नमूना समेत ऊर्जा क्षेत्र नै हुने स्पष्ट पारे । दुई देश बीच लामो समय देखि चर्चामा रहेको पञ्चेश्वर जस्ता आयोजना अगाडि बढाएर दुवै मुलुकले फाइदा लिन सक्ने उनको कथन थियो ।

सम्पर्क सञ्जालको विस्तार, साझा चासो र चिन्ताको सम्बोधन तथा क्षेत्रीय तथा बहुपक्षीय रुपमा मिलेर जाने विषयले नै नेपाल र भारतको हित गर्ने प्रधानमन्त्रीले स्पष्ट पारे । वेदान्त दर्शन नेपाल र विशेष गरी दक्षिण एशियाबाटै विश्वव्यापी रुपमा फैलिएको जानकारी दिँदै प्रधानमन्त्रीले बुद्ध दर्शनबाटै शान्ति र अहिंसाको मार्गमा विश्व समुदायलाई डो¥याउन समेत आफूहरु सफल हुने बताए ।

नेपाल एक्लैले मात्रै केही गर्न नसक्ने भएकाले छिमेकी मुलुकसँगकोे साझा प्रयास र सहकार्यबाट मात्रै क्षेत्रीयस्तरमा नयाँ सन्देश प्रवाह हुन सक्ने प्रधानमन्त्रीको जोड थियो । कार्यक्रममा प्रधानमन्त्रीलाई फाउण्डेशनका तर्फबाट सम्मान गरिएको थियो । फाउण्डेशनले नेपाल र भारतको समान चासो र हितलाई केन्द्रमा राखेर भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्रीको सम्मानमा कार्यक्रम आयोजना गरेको जानकारी गराएको थियो । कार्यक्रममा भारतीय बुद्धिजीवी तथा नेपाली प्रतिनिधिमण्डलको समेत उपस्थिति रहेको थियो ।
रासस

Skip This
Skip This
Logo