काठमाडौं
प्रदेश नम्बर ३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थापितको घरमा चोर पसेको छ । मन्त्री स्थापितको बौद्ध महाँकालस्थित घरमा शुक्रबार दिउँसो ढोका ताला फोडेर चोरी भएको हो । दिउँसो घरमा कोही नभएको मौका छोपेर पसेका चोरले गरगहनासहित लत्ता कपडा पनि लगेको घटनाको अनुसन्धान गर्न पुगेका प्रहरी निरीक्षक कुमार पण्डित क्षेत्रीले जानकारी दिए । चोरीको घटनाको अनुसन्धानका क्रममा एकजनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रनि पण्डितले बताएका छन् । प्राप्त समाचार अनुसार स्थापितको घरबाट करिब ७ लाख बराबरको धनमाल चोरी भएको छ ।





























प्रतिक्रिया