काठमाडौँ

बौद्धनाथ क्षेत्रको सामाजिक, आर्थिक, धार्मिक र सांस्कृतिक विकास गर्न गठित बौद्धनाथ क्षेत्र विकास समिति भित्रको आरोप–प्रत्यारोप चरम उत्कर्षमा पुगेको छ । "/>

बौद्धनाथ समितिको आर्थिक अनियमितता विवाद उत्कर्षमा

बौद्धनाथ समितिको आर्थिक अनियमितता विवाद उत्कर्षमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

बौद्धनाथ क्षेत्रको सामाजिक, आर्थिक, धार्मिक र सांस्कृतिक विकास गर्न गठित बौद्धनाथ क्षेत्र विकास समिति भित्रको आरोप–प्रत्यारोप चरम उत्कर्षमा पुगेको छ । कार्य समिति भित्रका अध्यक्ष तथा सदस्यहरू बीचको मतभिन्नता छताछुल्ल भएसँगै एकले अर्कोलाई अनियमितता गरेको आरोप लगाउन थालेका छन् ।

समिति भित्र अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग आयोग देखि तालुक अड्डा पर्यटन मन्त्रालय सम्म उजुरी परेको छ भने कार्य समितिका जिम्मेवार व्यक्ति माथि ज्यान मार्ने उद्योग तथा अपहरण, शरीर बन्धक जस्ता गम्भीर अपराध गरेको आरोप समेत लागेको छ । अध्यक्ष राजकुमार लामाले आर्थिक अनियमितता गरेको भन्दै समितिका सदस्यहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र तालुकदार मन्त्रालय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा उजुरी दिएको दाबी गरेका छन् । अध्यक्ष लामाले भने यी सबै आरोप झुटो भएको भन्दै केही सदस्यहरूले अनियमितता गर्न नपाएर लाञ्छना मात्रै लगाएको दाबी गरेका छन् ।

केही दिन अघि अध्यक्ष लामाले समितिका कर्मचारी अर्जुन भन्ने टासिकुमार लामालाई अपहरण गरी बकपत्र गराएको आरोप लागेको छ । यस विषयमा पीडित भनिएका लामालाई सम्पर्क गर्दा केही कुरा बताउन चाहेनन् । यस बारेमा अध्यक्ष लामाले जानकारी दिए अनुसार टासिकुमारले काउन्टरको रकम हिनामिना गरेकाले अख्तियार र प्रहरीको सीआईबी टोलीले अनुसन्धान गरेको हो । दैनिक डेढ⁄दुई लाख रुपियाँ उठ्ने गरेको काउन्टरमा सुपरभाइजर टासिकुमारले सदस्यहरू विसनकुमार लामा, मनोज लामा र मंगलसिंह बललाई समेत बाँढ्ने गरेको दाबी अध्यक्ष लामाले गरेका छन् । उनले अवैधरूपमा पैसा खान नपाएर आफू विरुद्ध केही सदस्य लागेको दाबी गरे ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo