कालिकोट

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीकी पत्नी चन्दाकुमारीले घरमै बसी बसी एक दशक देखि सरकारी ढुकुटीबाट तलब खाएको खुलेको छ । "/>

मुख्यमन्त्री महेन्द्र बहादुरकी पत्नीलाई घरमै बसी बसी तलब !

मुख्यमन्त्री महेन्द्र बहादुरकी पत्नीलाई घरमै बसी बसी तलब !

केन्द्रबिन्दु
0
Shares

कालिकोट

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीकी पत्नी चन्दाकुमारीले घरमै बसी बसी एक दशक देखि सरकारी ढुकुटीबाट तलब खाएको खुलेको छ । पचालझरना गाउँपालिका ९ स्थित कालिकादेवी आधारभूत विद्यालयमा ०५४ भदौ ११ मा अस्थायी शिक्षकको नियुक्ति लिएकी उनले ०६४ साल देखि विद्यालय जान छोडे पनि घरमै बसेर तलब खाइरहेको खुलेको हो ।

मुख्यमन्त्री शाही, प्रधानाध्यापक अनीपाल शाही र जिल्ला शिक्षा अधिकारी विष्णु तिवारीसँग छलफल गरी चन्दाले चालु आवको फागुनमा निकासा भएको दोस्रो चौमासिक सम्मको तलब लिइसकेकी छन् । तत्कालीन माओवादी विद्रोही शान्ति प्रक्रियामा आएपछि श्रीमानसँगै ब्यारेकमा बसेकी चन्दाकुमारी तलब लिने समयमा हाजिर गर्न आई तलब बुझ्ने गरेको स्रोतले जानकारी दिएको छ ।

०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा कालिकोटबाट प्रतिनिधिसभामा महेन्द्र बहादुर निर्वाचित भएपछि उनी पतिसँगै काठमाडौं बस्दै आएकी थिइन् । प्रधानाध्यापक, जिल्ला शिक्षा अधिकारी र विद्यालय व्यवस्थापन समिति अध्यक्षको मिलेमतोमा चन्दालाई चार÷चार महिनामा एकैचोटी हाजिरी गरी तलब दिने गरिएको छ । राजीनामा स्वीकृत भएको मितिपछि पनि उनले तलब बुझेको स्रोतको दाबी छ । उनले ०७४ मंसिर २१ मा राजीनामा दिएकी थिइन् । विद्यालय व्यवस्थापन समितिले माघ १८ मा उनको राजीनामा स्वीकृत गरिसकेको छ । जिल्ला शिक्षा कार्यालयमा पनि माघ २१ मै राजीनामा अभिलेख भएको छ । तर कालिकादेवी आधारभूत विद्यालयले फागुनमा चन्दाकुमारीको हाजिरी, तलबी माग फारम दिएर पचालझरना गाउँपालिकाले तलब निकासा लगेको छ ।

जिल्ला शिक्षा अधिकारी विष्णु तिवारीले मुख्यमन्त्री शाही पत्नी चन्दाकुमारीले असारमै राजीनामा दिन खोजे पनि सरकारले गोल्डेन ह्यान्डसेक ल्याउन लागेको भन्दै आफैंले रोकेको जनाए । एक स्थानीयले भने, ‘गाउँमा उनको विरोध गर्ने मान्छे नै नभएका कारण अनियमितता गर्न सहज भएको हो ।’ ती गाउँलेले भने, ‘गाउँमा कांग्रेस , एमाले कार्यकर्ता कम छन् । माओवादी केन्द्रको बाहुल्यता भएकाले पनि कसैले बोल्न सकेनन् ।’ पचालझरना गाउँपालिकाका लेखापाल शेर बहादुर बोहराले मुख्यमन्त्री शाही पत्नी चन्दाकुमारीको राजीनामा स्वीकृत भएको जानकारी गाउँपालिकामा नआएकाले आफूहरूले विद्यालयको माग अनुसार तलब निकासा दिएको बताए ।
अन्नपूर्णबाट

Logo