सिन्धुपाल्चोक

तीन वर्ष अघि आएको विनाशकारी भूकम्पपछि बन्द उत्तरी मुख्य नाका तातोपानी खुल्ने–नखुल्ने संशय बीच चीन सरकारले सुक्खा बन्दरगाह निर्माण कार्य अघि बढाएको छ । "/>

तातोपानीमा चीनले सुक्खा बन्दरगाह निर्माण थाल्यो

तातोपानीमा चीनले सुक्खा बन्दरगाह निर्माण थाल्यो

केन्द्रबिन्दु
0
Shares

सिन्धुपाल्चोक

तीन वर्ष अघि आएको विनाशकारी भूकम्पपछि बन्द उत्तरी मुख्य नाका तातोपानी खुल्ने–नखुल्ने संशय बीच चीन सरकारले सुक्खा बन्दरगाह निर्माण कार्य अघि बढाएको छ । बन्दरगाह पुनर्निर्माण थालनीबाट उत्साही सरकारी अधिकारी र व्यवसायीले यसलाई नाका खोल्ने चीनको ‘ग्रिन सिग्नल’ का रुपमा अनुमान गरेका छन् । तीन वर्ष अघिको विनाशकारी भूकम्पपछि बन्दरगाह निर्माण कार्य रोकिँदै आएको थियो । चीन सरकारकै सहयोगमा निर्माण थालिएको आधुनिक बन्दरगाहको झन्डै ९० प्रतिशत काम सकिएका बेला भूकम्प आएको थियो ।

ठीक यही बेला चीनले ‘सुरक्षा चुनौती’ देखाउँदै नाका खोल्न आनाकानी गरेपछि तातोपानी सधैंका लागि बन्द हुने अनुमान गरिँदै आएको थियो । ‘बन्दरगाहको रोकिएको निर्माण कार्य अगाडि बढाएर चीनले नाका खोल्ने संकेत दिएको छ,’ तातोपानी भन्सारका प्रमुख अधिकृत कृष्ण बस्नेतले भने, ‘अब ढिलो–चाँडो नाका खुल्नेमा सन्देह रहेन ।

’ आगामी आठ महिना भित्र बन्दरगाह सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने प्रतिबद्धता सहित चीनले डेढ साता देखि ‘फिल्ड’ सम्हालिरहेको उनले बताए । ‘समयसीमै तोकेर त्यो भित्र बन्दरगाह हस्तान्तरण गर्छौं भन्नु नाका खोल्छौं भनेको हो,’ बस्नेतले टिप्पणी गरे ।

बन्दरगाह निर्माणमा संलग्न चिनियाँ कम्पनी बेजिङ रियल स्टेट ग्रुपका प्रतिनिधि आवश्यक उपकरण र जनशक्ति सहित चैत ७ गते फिल्ड सम्हाल्न पुगेका थिए । ‘ठेकेदार कम्पनी छिरेपछि बन्दरगाह क्षेत्रमा धेरै काम भइसकेका छन्,’ तातोपानी नाका रहेको भोटेकोसी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले भने । मजबुत तयारी र व्यवस्थापनका साथ ठेकेदार छिरेको उनले बताए ।
नागरिकबाट

Logo