काठमाडौंको तापक्रम यो वर्षकै कम, जुम्लामा –४.१ मापन

काठमाडौंको तापक्रम यो वर्षकै कम, जुम्लामा –४.१ मापन

केन्द्रबिन्दु
0
Shares


काठमाडौं । आज (पुस १७) गते उपत्यकाको तापक्रम वर्षकै कम मापन गरिएको छ । काठमाडौंसहित देशभरको तापक्रम क्रमिक रूपमा घटिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.६ डिग्री सेल्सियस मापन गरिएको छ । सोही समयमा हिजो बुधबार ४.९, मंगलबार ४.८ डिग्री थियो ।

बिहीबार बिहान महाशाखाले सार्वजनिक गरेको देशका १७ स्थानको विवरणमध्ये जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम –४.१ डिग्री छ ।

डडेलधुराको न्यूनतम तापक्रम ४.६, दिपायलको ५, ताप्लेजुङको ६, धनगढीको ६.६, वीरेन्द्रनगर र विराटनगरको समान ७.५, घोराहीको ८, भैरहवाको ८.२ डिग्री मापन गरिएको महाशाखाले जनाएको छ ।

तराईका अधिकांश स्थानहरूमा हुस्सु्/कुहिरो लागेको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बदली रहेको छ । तराई भू-भागका केही स्थानहरूमा हुस्सु रहनेछ ।

गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी उच्च पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Skip This
Skip This
Logo