तेह्रथुम

प्रदेश नं १ को पहाडी जिल्ला तेह्रथुम ४६ औँ साक्षर जिल्ला घोषणा भएको छ । जिल्लाका ९५ दशमलव ९८ प्रतिशत नागरिक साक्षर भएको तथ्यांक बमोजिम मुख्यमन्त्री शेरधन राईले मंगलबार म्याङलुङमा एक समारोहका बीच तेह्रथुमलाई साक्षर जिल्ला घोषणा गरेका हुन् । "/>

अब तेह्रथुम पनि पूर्णसाक्षर जिल्ला घोषित

अब तेह्रथुम पनि पूर्णसाक्षर जिल्ला घोषित


तेह्रथुम

प्रदेश नं १ को पहाडी जिल्ला तेह्रथुम ४६ औँ साक्षर जिल्ला घोषणा भएको छ । जिल्लाका ९५ दशमलव ९८ प्रतिशत नागरिक साक्षर भएको तथ्यांक बमोजिम मुख्यमन्त्री शेरधन राईले मंगलबार म्याङलुङमा एक समारोहका बीच तेह्रथुमलाई साक्षर जिल्ला घोषणा गरेका हुन् ।

दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लाका १५ देखि ६० वर्ष उमेर समूहका ९५ दशमलव ९८ प्रतिशत नागरिक साक्षर भएका छन् । जिल्ला शिक्षा कार्यालयले करिब एक दशक यता निरन्तर सञ्चालन गरेको पूर्णसाक्षर बनाउने अभियानले अहिले सार्थकता पाएको छ । जिल्लालाई पूर्णसाक्षर बनाउने अभियान ०६७ साल देखि निरन्तर जारी छ । अनौपचारिक शिक्षा कार्यक्रम अन्तर्गत अहिले पनि साक्षरोत्तर कक्षा सञ्चालन भइरहेका छन् । सो कार्यक्रमले ६० वर्ष मुनिका सबै नागरिकलाई साक्षर बनाउने लक्ष्य लिएको छ ।

जिल्लामा आव २०६८/६९ देखि २०७१/७२ सम्म साक्षरता कक्षा सञ्चालन भएको थियो । २०६८ को जनगणना अनुसार जिल्लामा १५ देखि ६० वर्ष उमेर समूहका १३ हजार १७१ महिला सहित १७ हजार २३१ निरक्षर थिए । त्यस मध्ये आर्थिक वर्ष २०६८/६९ मा १२ हजार ४१७ साक्षर भएका छन् । क्रमशः २०६९/७० मा एक हजार, २०७०/७१ मा ५००, २०७१/७२ मा दुई हजार ४५७ गरी १६ हजार ३७४ जना साक्षर भइसकेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । जिल्लामा अब ८ सय ५७ जना मात्रै निरक्षर छन् । निरन्तर शिक्षा कार्यक्रम अन्तर्गत सञ्चालन गरेको साक्षरोत्तर कक्षामा चार हजार ९६९ सहभागी छन् । जिल्लामा २१ वटा सामुदायिक सिकाइ केन्द्र सञ्चालनमा छन् ।
रासस

Logo